logo

मंगलबार, साउन २६ २०८३

kantipurpationlinetv

२०८३ साउन २६ मंगलबार

अर्थमन्त्री वाग्लेले २० ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

अर्थमन्त्री वाग्लेले २० ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै


  • सोमबार, साउन २५ २०८३
  • 1.7K
    SHARES

    काठमाडौँ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग आज छलफल गर्दैछन् ।

    आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफल शृङ्खलाअन्तर्गत अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारसँग छलफल गर्न लागेका हुन् ।

    अर्थ मन्त्रालयको सुवर्ण हलमा मध्याह्न १२ बजे सुरु हुने छलफलमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई आमन्त्रण गरिएको छ ।

    छलफलमा बहुराष्ट्रिय कम्पनीले बजेटमार्फत पाएका सुविधा, लगानीका क्रममा भोगिरहेका समस्या तथा नेपालमा थप लगानी विस्तारका विषयमा छलफल हुने बताइएको छ । त्यस्तै, रोजगारी सिर्जना, लगानीको प्रतिफल फिर्ता लैजाने प्रक्रियालगायतका विषयमा सरकारले गर्नुपर्ने सहजीकरणबारे पनि कम्पनीका प्रतिनिधिसँग सुझाव लिइनेछ ।

    अर्थमन्त्री वाग्लेले कम्पनीका प्रतिनिधिलाई आफ्ना समस्या तथा सुझाव खुलस्त रूपमा राख्न आग्रह गर्नेछन् । साथै, आवश्यक विवरण लिखित रूपमा समेत पेश गर्न आग्रह गरिनेछ ।

    बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले अर्थ मन्त्रालयले विभिन्न क्षेत्रका सरोकारवालासँग छलफल गर्दै आएको छ । यसैक्रममा अर्थमन्त्री वाग्लेले यसअघि नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी ठूलो संख्यामा रोजगारी सिर्जना गरेका तथा अर्थतन्त्रमा योगदान पुर्‍याएका ३३ औद्योगिक घरानाका प्रतिनिधिसँग छलफल गरिसकेका छन् ।

    यस्तै, उनले नेपालका ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग पनि छलफल गरिसकेका छन् ।

    बहुराष्ट्रिय कम्पनीसँगको आजको छलफलबाट नेपालमा लगानीको वातावरण सुधार, निजी क्षेत्रका समस्या पहिचान तथा थप लगानी आकर्षित गर्ने विषयमा सरकारलाई आवश्यक सुझाव प्राप्त हुने अपेक्षा गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page