काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा पार्टनरका रूपमा सहभागी सिद्धार्थ बैंक लिमिटेडले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै विशेष कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकलाई ०.५ प्रतिशत सेवा शुल्कमा कर्जा उपलब्ध गराउने जनाएको छ । कर्जाको ब्याजदर आधार दरमा वार्षिक थप १ प्रतिशत प्रिमियम कायम गरिने बैंकले जनाएको छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ साउन २६ गतेदेखि ३१ गतेसम्म अर्थात् अगस्ट ११ देखि १६ सम्म आयोजना भइरहेको छ । बैंकको विशेष कर्जा योजना पनि एक्स्पो अवधिभर लागू हुने बताइएको छ ।
सवारी साधन खरिद गर्न इच्छुक ग्राहकले एक्स्पोमा सहभागी भई बैंकको विशेष कर्जा योजनाको लाभ लिन सक्नेछन् ।
यस योजनामार्फत ग्राहकलाई सहज, सरल तथा प्रतिस्पर्धी कर्जा सुविधा उपलब्ध गराउँदै उनीहरूको आवश्यकता र क्षमताअनुसार सवारी साधन खरिदमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
सिद्धार्थ बैंकले ग्राहकको आवश्यकता र बदलिँदो बजारअनुसार विभिन्न बैंकिङ तथा कर्जा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ ।
-
कलाकारितापछि राजनीतिमा प्रकाश कटुवाल, कांग्रेस महाधिवेशन प्रतिनिधिमा भिड्दै
-
दोहोरी गीत प्रतिष्ठान उपत्यका समितिद्वारा संगीत प्रशिक्षण कक्षा शुभारम्भ
-
खेम सेन्चुरीले नारायण रायमाझीको ‘बसन्ती’बाट फिल्ममा डेब्यु गर्ने
-
मुग्लिङ बजारमा गीत विमोचनसँगै कलाकार तथा सञ्चारकर्मीहरु सम्मानित
-
भदौ महिनाको उत्कृष्ट प्रहरी बने प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारी