काठमाडौं – नेपाली लोकसंगीत क्षेत्रमा समर्पण र मेहनतको चम्किलो उदाहरण बनेकी छिन् टीका जैसी। हालै सार्वजनिक भएको लोकदोहोरी गीत ‘लाली जोवन’ यतिबेला दर्शक तथा श्रोतामाझ निकै चर्चित बन्दै गएको छ।
एक हप्ता अघिमात्र सार्वजनिक भएको यो गीत जितको छेको पारेर रिलिज गरिएको हो, जसले छोटो समयमा उल्लेखनीय चर्चा कमाएको छ। गीतमा पुर्नकला बिसी र हरि गिरीको सशक्त स्वर रहेको छ भने शब्द सिर्जना नेत्र अर्यालको रहेको छ। अभिनयमा स्वयं टीका जैसीसहित रमेश विश्वकर्माको साथ रहेको छ। गीत टीका जैसी अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
यो गीत केवल एउटा सांगीतिक प्रस्तुति मात्र नभई, एक कलाकारको आत्मा र समर्पणको कथासमेत हो। गायिका तथा कलाकार टीका जैसीले एक अन्तर्वार्तामा खुलासा गरेकी छिन् कि यो गीत निर्माणका लागि उनले आफ्नो कमाइबाट संचित गरेका सबै सुनका गहना बेचेर लगानी गरेकी थिइन्।
“मैले धेरै माया र सपना बोकेर यो गीत बनाएको हुँ। सबै गहना बेचेर यो काम गरेकी हुँ, किनभने संगीत मेरो जीवन हो,” उनले भावुक हुँदै भनिन्।
गीतको छायांकन, संगीत संयोजन, र सम्पूर्ण प्रस्तुतिमा निकै मिहिनेत गरिएको देखिन्छ, जुन टीका जैसीको निष्ठा र आत्मविश्वासको परिचायक हो।
-
नारेश्वर विकास समाज, गोरखाको अध्यक्षमा लव कुमार भट्ट
-
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको उपत्यका समिति गठन, अध्यक्ष र सचिवमा क्रमश अनिता कुमारी घिमिरे र सन्जय पोखरेल
-
‘नो शेभ नोभेम्बर’ले ठमेल हल्लायो: रिक्साबाट क्यान्सर–अवेयरनेस र्याली
-
तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड–२०८२ का मनोनयन सार्वजनिक
-
वरिष्ठ सेफ थापा मगरलाई फादर अफ सेफ्सको उपाधिबाट सम्मानित