नेपालमा हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रवास नेपाली सम्पर्क विभाग जापानले ८ लाख ७ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ।
विभागले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि नेपाल सरकारले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सहयोग गर्न आह्वान गरेको थियो।
विपद्को कठिन परिस्थितिमा प्रवासमा रहेका नेपालीबाट संकलित सहयोग रकम सरकारी राहत कोषमार्फत प्रभावित नागरिकसम्म पुर्याउने उद्देश्यले कोषमा जम्मा गरिएको विभागले जनाएको छ।
विभागले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै विपद्को समयमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।
-
टप दरबार रोधी क्लबका सञ्चालक अशोक गिरीलाई ‘उत्कृष्ट दोहोरी साँझ व्यवसायी सम्मान’
-
टप दरबार रोधी क्लबको भव्य उद्घाटन, चर्चित कलाकारको प्रस्तुतिमा झुमे अतिथिहरू
-
शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
-
भोटेकोशी बाढीपीडितलाई लोकदोहोरी व्यवसायी संघको राहत, सिरक–डसनादेखि चुलोसम्म सहयोग
-
तीजमा छमछमी नचाउने ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक