logo

बिहिबार, असोज ८ २०८३

kantipurpationlinetv

२०८३ असोज ८ बिहिबार

मुग्लिङ बजारमा गीत विमोचनसँगै कलाकार तथा सञ्चारकर्मीहरु सम्मानित

मुग्लिङ बजारमा गीत विमोचनसँगै कलाकार तथा सञ्चारकर्मीहरु सम्मानित


  • बिहिबार, असोज ८ २०८३
  • 1.6K
    SHARES

    काठमाडौं । गायक तथा प्रस्तुतकर्ता बिशु गुरुङ र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ लोकगीत ‘मुग्लिङ बजारमा’ सार्वजनिक गरिएको छ । गीत सार्वजनिकसँगै महक रेकर्डिङ स्टुडियोमा कलाकार तथा सञ्चारकर्मी सम्मान कार्यक्रमसमेत आयोजना गरिएको छ ।

    कलाकार तथा महक रेकर्डिङ स्टुडियोका संचालक खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोक स्वर सम्राट राजु परियार प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा वरिष्ठ एरेन्जर जुजु गुरुङ, कलाकार विनोद ढकाल, नेत्र जी पन्त, राज लामा, रामचन्द्र ढकाल, सुस्मिता क्षेत्री, सिमा नेपाली, सन्तोष दवाडी लगायत गीतका सम्पूर्ण टिम, कलाकार, सञ्चारकर्मी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रममा “मुग्लिङ बजारमा”गीतको औपचारिक विमोचन सँगै दुई दर्जनभन्दा बढी कलाकार तथा सञ्चारकर्मीलाई एक साथ सम्मान गरिएको थियो। विशेषगरी लोक संगीत तथा सञ्चार क्षेत्रमा योगदान पुर्‍याउँदै आएका सञ्चारकर्मीहरूलाई समेत महक रेकर्डिङ स्टुडियोको तर्फबाट सम्मान गरिएको थियो।

    सम्मानित सञ्चारकर्मीहरूमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम, म्युजिक खबरका संचालक सुमन पण्डित, सञ्चारकर्मी नेपालकाकेन्द्रीय सदस्य तथा प्रवक्ता शिखरजङ्ग श्रेष्ठ, केन्द्रीय सदस्य तुलसिंह रनपछाई, केन्द्रीय सदस्य सुमन सापकोटा,केन्द्रीय सदस्य कविराज ढकाल लगायतका सञ्चारकर्मीहरू रहेका थिए।

    कार्यक्रममा राजु परियार र चन्द्रमणि गौतमले शुभकामना मन्तव्य दिँदै ‘मुग्लिङ बजार’ मौलिक लोक सिर्जनाका रूपमा आएको बताए । मौलिक लोकगीत तथा संगीतले नेपाली लोक संस्कृतिको संरक्षण र नयाँ पुस्तासम्म हस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ थियो । कार्यक्रममा गीतका गायक तथा प्रस्तुतकर्ता बिशु गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

    कृष्ण गुरुङको शब्द तथा विश्व गुरुङको संगीत रहेको गीतमा सागर बाजुरालीको एरेन्ज रहेको छ । गीत वनस्थलीस्थित महक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको म्युजिक भिडियोमा विश्व गुरुङ, जुना गुरुङ र जुनु रिमालसँगै बाल कलाकार शिला गुरुङ र मुकेश भुजेलले अभिनय गरेका छन् । सरोज ठकुरीको छायांकन, राजेश कुमारको सम्पादन तथा प्रेम दर्नालको कोरियोग्राफी रहेको भिडियोको निर्देशन दिनेश सिंह ठकुरीले गरेका छन् । विनोद ढकालले प्राविधिक सहयोग गरेका छन् ।

    मुग्लिङ बजारमै छायांकन गरिएको भिडियोमा बाल्यकालको प्रेम, भेट, विछोड र पुनर्मिलनको कथालाई लोकशैलीमा प्रस्तुत गरिएको छ । मनास्लु डिजिटलका सञ्चालकसमेत रहेका विश्व गुरुङले लामो समयको अन्तरालपछि नयाँ गीतमार्फत सांगीतिक क्षेत्रमा पुनरागमन गरेका हुन् । गीत विश्व गुरुङको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

    आयोजकका अनुसार गीत विमोचनसँगै कलाकार तथा सञ्चारकर्मीलाई सम्मान गर्ने कार्यक्रमले नेपाली कला, संगीत र सञ्चार क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page