काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको आयोजनामा ‘९औँ राष्ट्रिय लोकदोहोरी अवार्ड धन्यवाद ज्ञापन तथा ९औँ केन्द्रीय महाधिवेशनका उम्मेदवारलाई अग्रिम शुभकामना’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संगीत र प्रविधिबारे अन्तरक्रियासमेत गरिएको थियो।
उपत्यका समन्वय समितिका अध्यक्ष प्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका निवर्तमान अध्यक्ष तथा वरिष्ठ गीतकार रमेश बिजी प्रमुख अतिथि थिए। कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष पशुपति शर्मा, प्रथम उपाध्यक्ष रामजी खाँण, महिला उपाध्यक्ष राधिका हमाल, महासचिव शिव हमाललगायत पदाधिकारी, कलाकार तथा सञ्चारकर्मीको उपस्थिति थियो।
कार्यक्रममा ९औँ राष्ट्रिय लोकदोहोरी अवार्ड सफल बनाउन योगदान पुर्याउने व्यक्ति, संघसंस्था तथा पत्रकारलाई सम्मान गरिएको थियो। साथै प्रविधिविज्ञ राजेन्द्र अर्यालले कलाकारहरूलाई डिजिटल बजार, युट्युब, फेसबुक तथा टिकटकको प्रयोग, त्यसका फाइदा–बेफाइदा र सामाजिक सञ्जालको सदुपयोगबारे प्रशिक्षण दिएका थिए।
प्रशिक्षणमा सहभागी कलाकारहरूले पछिल्लो समय सांगीतिक क्षेत्रमा डिजिटल माध्यमको भूमिका बढ्दै गएको भन्दै यस्ता विषयमा थप प्रशिक्षण आवश्यक रहेको बताएका थिए। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शर्मिला कँडेलले स्वागत मन्तव्य राखेकी थिइन् भने अध्यक्ष लामिछानेले उपत्यका समन्वय समितिको उद्देश्य र आगामी गतिविधिबारे जानकारी गराएका थिए।
-
कलाकारितापछि राजनीतिमा प्रकाश कटुवाल, कांग्रेस महाधिवेशन प्रतिनिधिमा भिड्दै
-
दोहोरी गीत प्रतिष्ठान उपत्यका समितिद्वारा संगीत प्रशिक्षण कक्षा शुभारम्भ
-
मुग्लिङ बजारमा गीत विमोचनसँगै कलाकार तथा सञ्चारकर्मीहरु सम्मानित
-
खेम सेन्चुरीले नारायण रायमाझीको ‘बसन्ती’बाट फिल्ममा डेब्यु गर्ने
-
९औँ राष्ट्रिय लोकदोहोरी अवार्डलाई सहयोग गर्नेलाई सम्मान, संगीत र प्रविधिबारे अन्तरक्रिया