काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढेको छ। नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बालाजु र बल्खुलगायत क्षेत्रमा गाउँ फर्किने यात्रुको चहलपहल बढेको हो।
बालबालिकासहित झिटिगुन्टा बोकेर घर फर्किनेहरूमा दसैँको उल्लास देखिन्छ। लामो र सकसपूर्ण यात्राको चिन्ता पनि उनीहरूमा उत्तिकै छ।
कोही गाडी रिजर्भ गरेर त कोही सार्वजनिक यातायातको टिकट काटेर घरको यात्रामा निस्किएका छन्। केही यात्रु भने गन्तव्यसम्म पुग्ने सवारीसाधनको खोजीमा छन्। बसपार्कमा टिकट काट्ने, गाडी चढ्ने र आफन्तसँग बिदाइ हुनेहरूको भीड देखिन्छ।
दसैँमा घर जाने यात्रुको चाप बढेसँगै सडक र बसपार्कमा भीडभाड बढेको छ। बसका सिट भरिभराउ छन् भने यात्रुले खचाखच भरिएका सवारीसाधन कलंकीलगायतका चोक पार गर्दै उपत्यकाबाहिरिइरहेका छन्।
यस वर्ष दसैँ कात्तिक ४ गते परेको छ। फूलपाती असोज ३१ गते भएकाले फूलपातीसम्म घर पुग्ने गरी धेरै यात्रु उपत्यका छाडिरहेका छन्। दसैँ नजिकिँदै जाँदा काठमाडौंका सडक, चोक र बसपार्कमा चाडपर्वको रौनकसँगै यात्राको व्यस्तता पनि बढेको छ।
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय कार्यसमितिमा गोरखाका तीनजना
-
परदेशी नेपालीको मन छुने दशैं गीत ‘दशैं आयो तिहारै आयो’ सार्वजनिक
-
कांग्रेस केन्द्रीय सदस्यमा दिपक बाबु कँडेलको दाबी, उत्पादन र रोजगारीलाई प्राथमिकता दिने एजेन्डा
-
चाडपर्वलाई लक्षित गर्दै ठाँटीपोखरी बजारमा संयुक्त बजार अनुगमन