logo

आइतबार, साउन ११ २०८२

kantipurpationlinetv

२०८२ साउन ११ आइतबार

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले सामूहिक मौलिक तीज गीत विमोचन गर्दै

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले सामूहिक मौलिक तीज गीत विमोचन गर्दै


  • शनिबार, साउन १० २०८२
  • 4.6K
    SHARES

    काठमाडौं । नारीहरुको पर्व तीज नजिकिँदै गर्दा तीज लक्षित गीतहरु सार्वजनिक हुने क्रम बढ्दो छ । सार्वजनिक भएका केहि विकृतीजन्य गीतले नेपाली संस्कार र पर्वमै नकारात्मक प्रभाव जमाइरहेको चर्चा चलिरहेका बेला तीजको मर्म बोकेका मौलिक गीतहरु पनि प्रशस्तै सार्वजनिक भइरहेका छन् ।

    यस्तैमा नेपाली लोक गीत, संस्कृति, भेषभुषा, परम्परा, लोकसाहित्य विधामा निरन्तर सञ्चारमाध्यममर्फत आवाज उठाइरहेका सञ्चारकर्मीहरुको छाता संगठन ‘राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल’ले मौलिक तीज गीहरुको सामुहिक रुपमा विमोचन गर्ने भएको छ । सम्बन्धित गीतका सर्जकहरु उपस्थितीमा गीतहरुको सार्वजनिक हुनेछन् ।

    आगामी साउन १५ गते राजधानीको सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा कार्यक्रम हुने जानकारी राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले दिए । उनले भने – ‘तीज भन्ने बितिकै नारीहरु जोडिने भएकाले नारीहरुको भाव अटाइएका गीतलाई विमोचनमा समावेश गराउने छौं ।’

    यस्तै लोक सञ्चारकर्मी नेपालका सचिव कमल सरगमले कार्यक्रममा लोक संगीतमा योगदान पु¥याउने एक गायिकालाई सम्मानित गरिने बताए । गीत संगीतमा लागेको सम्पुर्ण सजर्कलाई मौलिकता नबिर्सिदिन आग्रह गरे । ‘मौलिक गीतलाई सधैं विशेष स्थान दिंदै आएको र मौलिक गीतका स्रष्टा, सर्जकलाई हौसलाका हौसला मिलोस् भनेर कार्यक्रम गरिने भएको हो’– सचिव सरगमले भने ।

    यही समयमा तीजको मर्ममाथि प्रहार गरिएका गीतविरुद्ध गृहमन्त्री रमेश लेखकलाई भेटेर राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले १० बुँदे ध्यानाकर्षण गराइसकेको छ भने तीज पर्वलाई लक्षित गर्दै ल्याइएका केहि गीतप्रति आपत्ति जनाउँदै साइबर ब्युरोमा उजुरी समेत गरेको छ । त्यस्ता गीतलाई प्रकाशन तथा प्रसारण नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्दै आएको छ ।

    राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल २०६५ मा गोविन्द गिरीको अध्यक्षतामा गठन भएको थियो ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech