काठमाडौं । नारीहरुको पर्व तीज नजिकिँदै गर्दा तीज लक्षित गीतहरु सार्वजनिक हुने क्रम बढ्दो छ । सार्वजनिक भएका केहि विकृतीजन्य गीतले नेपाली संस्कार र पर्वमै नकारात्मक प्रभाव जमाइरहेको चर्चा चलिरहेका बेला तीजको मर्म बोकेका मौलिक गीतहरु पनि प्रशस्तै सार्वजनिक भइरहेका छन् ।
यस्तैमा नेपाली लोक गीत, संस्कृति, भेषभुषा, परम्परा, लोकसाहित्य विधामा निरन्तर सञ्चारमाध्यममर्फत आवाज उठाइरहेका सञ्चारकर्मीहरुको छाता संगठन ‘राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल’ले मौलिक तीज गीहरुको सामुहिक रुपमा विमोचन गर्ने भएको छ । सम्बन्धित गीतका सर्जकहरु उपस्थितीमा गीतहरुको सार्वजनिक हुनेछन् ।
आगामी साउन १५ गते राजधानीको सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा कार्यक्रम हुने जानकारी राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले दिए । उनले भने – ‘तीज भन्ने बितिकै नारीहरु जोडिने भएकाले नारीहरुको भाव अटाइएका गीतलाई विमोचनमा समावेश गराउने छौं ।’

यस्तै लोक सञ्चारकर्मी नेपालका सचिव कमल सरगमले कार्यक्रममा लोक संगीतमा योगदान पु¥याउने एक गायिकालाई सम्मानित गरिने बताए । गीत संगीतमा लागेको सम्पुर्ण सजर्कलाई मौलिकता नबिर्सिदिन आग्रह गरे । ‘मौलिक गीतलाई सधैं विशेष स्थान दिंदै आएको र मौलिक गीतका स्रष्टा, सर्जकलाई हौसलाका हौसला मिलोस् भनेर कार्यक्रम गरिने भएको हो’– सचिव सरगमले भने ।
यही समयमा तीजको मर्ममाथि प्रहार गरिएका गीतविरुद्ध गृहमन्त्री रमेश लेखकलाई भेटेर राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले १० बुँदे ध्यानाकर्षण गराइसकेको छ भने तीज पर्वलाई लक्षित गर्दै ल्याइएका केहि गीतप्रति आपत्ति जनाउँदै साइबर ब्युरोमा उजुरी समेत गरेको छ । त्यस्ता गीतलाई प्रकाशन तथा प्रसारण नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्दै आएको छ ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल २०६५ मा गोविन्द गिरीको अध्यक्षतामा गठन भएको थियो ।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
गोरखामा बाबुराम आबद्ध प्रलोपाद्वारा कांग्रेसलाई समर्थन
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक