तीज गीतको क्षेत्रमा विशिष्ट पहिचान बनाएकी चर्चित लोकदोहोरी गायिका लक्ष्मी न्यौपानेले आफ्नो नयाँ तीज गीत ‘म त मसक्कै’ सार्वजनिक गरेकी छिन्। गीत शुक्रबार, लक्ष्मीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा लक्ष्मी न्यौपानेकै स्वर र संगीत रहेको छ भने शारदा न्यौपाने बस्यालको शब्द र श्यामश्वेत रसाइलीले संगीत संयोजन गरेका छन्। यो गीत दुई दशकअघि सार्वजनिक भएको लोकप्रिय तीज गीतको पुनः सर्जना हो, जसलाई लक्ष्मीले नयाँ स्वाद र शैलीमा प्रस्तुत गरेकी छन्।
विशेष कुरा के छ भने, यसै गीतमार्फत लक्ष्मीकी छोरी निहारिका रेग्मीले औपचारिक रूपमा अभिनयमा डेब्यु गरेकी छिन्। सँगै सागर लम्साल र अञ्जली अधिकारीको साथमा उनीको अभिनय र नृत्य देख्न सकिन्छ। निहारिका यसअघि आमाका गीतहरूमा नाचेर बनाएका भिडिओहरू सामाजिक सञ्जालमा अत्यधिक चर्चित थिए।
भिडिओमा स्मृति तिमिल्सिना (गुरूआमा) को कोरियोग्राफी र निर्देशन रहेको छ। बुद्ध थापाको छायांकन तथा नवीन घर्ती मगरको सम्पादनले भिडिओलाई आकर्षक बनाएको छ।
तीन दशकदेखि लोकसंगीतमा सक्रिय लक्ष्मी न्यौपानेका ‘टलटल टलिकनलाई’, ‘तीज आयो राजै’, ‘झल्को माइतीको’ जस्ता गीतहरूले जनमानसमा गहिरो छाप छोडेका छन्।
🎬 हेर्नुहोस् भिडियो:
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
गोरखामा बाबुराम आबद्ध प्रलोपाद्वारा कांग्रेसलाई समर्थन
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक