काठमाडौं: लोकगायक प्रकाश कटुवालले नयाँ लोकगीत ‘कटुवालको छोरो म त…’ सार्वजनिक गरेका छन्।
गीतमा शब्द, संगीत र स्वर सबै कटुवाल स्वयंको रहेको छ। आफ्नो थर, जातीय पहिचान, र संस्कारप्रतिको गर्व गीतमार्फत व्यक्त गरिएको छ। गीतले कटुवाल समुदायको मात्र नभइ, समग्र नेपाली समाजको श्रमशीलता, माटोप्रेम र संस्कृति प्रतिको निष्ठालाई समेटेको छ।
गीतमा लोकधुनको मिठास, ग्रामीण परिवेश र संस्कृतिको झल्को पाइन्छ। भिडियोलाई शंकर बी.सी. ले निर्देशन गरेका छन् भने भिडियोमा नेपाली पहिचान झल्काउने दृश्यहरू समेटिएका छन्।
कटुवालले गीतमार्फत जातीय गौरवसँगै आत्मविश्वास र नेपाली समाजप्रतिको योगदानलाई उजागर गर्न खोजेको बताएका छन्।
‘कटुवालको छोरो म त…’ प्रकाश कटुवालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
-
सुमन परियार र मेनुका सोनीको ‘डिप्रेसन’ सार्वजनिक, प्रेम धोका र मानसिक पीडाको कथा
-
किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा
-
कागभुसुण्डे मन्दिरमा धार्मिक एवं सांस्कृतिक कागबेनी मेला हुने
-
मानुङकोटको प्रेमकथामा आधारित बद्री सापकोटा र अमृत अधिकारीको ‘मानुङकोटैमा’ सार्वजनिक
-
लोक दोहोरी क्षेत्रमा जम्दै हरिचन्द्र भट्ट क्षेत्री