logo

मंगलबार, मंसिर २ २०८३

kantipurpationlinetv

२०८३ मंसिर २ मंगलबार

चर्को आवाज निकाल्ने र स्वरूप परिवर्तन गरिएका ४०५ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

चर्को आवाज निकाल्ने र स्वरूप परिवर्तन गरिएका ४०५ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा


  • मंगलबार, मंसिर २ २०८३
  • 84
    SHARES

    काठमाडौं । चर्को आवाज निकाल्ने तथा स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका ४०५ वटा मोटरसाइकललाई काठमाडौं उपत्यका ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

    ट्राफिक प्रहरीले पछिल्लो एक सातामा सञ्चालन गरेको विशेष अभियानका क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिएको हो। कम्पनीले जडान गरेको साइलेन्सर परिवर्तन गर्ने, डिबी किलर निकाल्ने तथा सिट, रङ, ह्यान्डल र लाइटिङ सिस्टम परिवर्तन गरी चलाइएका मोटरसाइकल कारबाहीमा परेका हुन्।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार चर्को आवाजमा मोटरसाइकल चलाउँदा बालबालिका, वृद्धवृद्धा तथा बिरामीलाई असर पर्नुका साथै ध्वनि प्रदूषण बढ्ने गरेको छ।

    त्यस्तै, सवारीसाधनको स्वरूप परिवर्तन गर्दा यान्त्रिक संरचनामा असर पर्न सक्ने र दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले अभियानलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।

    सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार अनुमति नलिई सवारीसाधनको स्वरूप परिवर्तन गर्न पाइँदैन। त्यस्तो कार्य गरेमा कानुनबमोजिम जरिवाना हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ।

    ट्राफिक प्रहरीले ध्वनि प्रदूषण नियन्त्रण, सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि यस्ता सवारीसाधनमाथिको निगरानी तथा कारबाहीलाई निरन्तरता दिने जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page