logo

मंगलबार, मंसिर २ २०८३

kantipurpationlinetv

२०८३ मंसिर २ मंगलबार

हिमपहिरोमा ज्यान गुमाएका पर्वतारोही युक्त गुरुङको परिवारलाई धार्चे गाउँपालिकाको ५० हजार राहत

हिमपहिरोमा ज्यान गुमाएका पर्वतारोही युक्त गुरुङको परिवारलाई धार्चे गाउँपालिकाको ५० हजार राहत


  • मंगलबार, मंसिर २ २०८३
  • 98
    SHARES

    गोरखा । पाकिस्तानस्थित ब्रड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका गोरखाको धार्चे गाउँपालिका–४, लाप्राकका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को परिवारलाई गाउँपालिकाले ५० हजार रुपैयाँ राहत प्रदान गरेको छ।

    धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले मृतकको परिवारलाई किरिया खर्चबापत उक्त रकम हस्तान्तरण गरेका हुन्। राहत हस्तान्तरण गर्दै अध्यक्ष गुरुङले युक्तले राष्ट्र र जिल्लाको पहिचान अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन पुर्‍याएको योगदानको स्मरण गरेका थिए।

    २०४५ साल पुस ९ गते लाप्राकमा जन्मिएका युक्तले १० पटक सगरमाथाको सफल आरोहण गरेका थिए। उनले पछिल्लो पटक गत मे २० मा सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए। यसै वर्ष एकै सिजनमा अन्नपूर्ण प्रथम, सगरमाथा र ल्होत्से हिमालको सफल आरोहण गरेका उनी गण्डकी अल्पाइन क्लबका कोषाध्यक्षसमेत थिए। ३७ वर्षीय गुरुङको हिमपहिरोमा परी निधन भएको हो।

    यसअघि पनि गाउँपालिकाले विभिन्न बाढीपहिरो तथा हिमपहिरोमा परी ज्यान गुमाएका र बेपत्ता भएका स्थानीयका परिवारलाई विपद् कोषबाट राहत उपलब्ध गराएको थियो। भोटेकोशी–त्रिशूली बाढीपहिरोमा परी मृत्यु भएका लाप्राकका चार जना, हिमलुङ हिमालको आधार शिविरमा आएको हिमपहिरोमा परी मृत्यु भएका धार्चे–२ केरौँजाका दुई जना तथा बूढीगण्डकी बाढीमा परी बेपत्ता भएका लाप्राकका एक जनाको परिवारलाई राहत प्रदान गरिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए।

    उनका अनुसार शव फेला नपरेकाका परिवारलाई खोजी खर्च र शव फेला परेकाका परिवारलाई किरिया खर्चबापत जनही ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराइएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page