logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

सबिता पोखरेललाई ‘कला पत्रकारिता सम्मान’ – चौथो सिल्भर म्यूजिक अवार्ड २०२५ सम्पन्न

सबिता पोखरेललाई ‘कला पत्रकारिता सम्मान’ – चौथो सिल्भर म्यूजिक अवार्ड २०२५ सम्पन्न


  • आइतबार, साउन ११ २०८२
  • 13.8K
    SHARES

    काठमाडौं, २०८२ साउन ११ – प्रियसी म्यूजिकको आयोजनामा आयोजित ‘चौथो सिल्भर म्यूजिक अवार्ड २०२५’ मा कला पत्रकारितामा उल्लेखनीय योगदान पुर्‍याएकी सबिता पोखरेललाई “कला पत्रकारिता सम्मान” प्रदान गरिएको छ।

    चलचित्र विकास बोर्डको हलमा आयोजित भव्य समारोहमा संघीय सांसद तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमर बहादुर थापाको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा ३० विधामा अवार्ड वितरण गर्नुका साथै गीतसंगीत र सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

    सबिता पोखरेल नेपाली सञ्चार क्षेत्रमा समर्पित, कर्मठ र जिम्मेवार पत्रकारका रूपमा परिचित छिन्। उनी लामो समयदेखि नेपाली गीतसंगीत तथा चलचित्र क्षेत्रको प्रचारप्रसार र विकासमा क्रियाशील रहँदै आएकी छिन्। उनका लेखनीहरूले कलाकारहरूको संघर्ष, सिर्जना र सफलतालाई उजागर गर्दै नेपाली सांगीतिक पत्रकारितामा विशेष पहिचान बनाएको छ।


    कार्यक्रममा ऋषि थपलियालाई पनि पत्रकारिता सम्मान तथा गीता अधिकारीलाई समेत कला पत्रकारिता सम्मान प्रदान गरिएको थियो। अवार्ड समारोहमा म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बविता श्रेष्ठको सभापतित्व रहेको थियो भने, कलाकार, पत्रकार, निर्देशक तथा संगीतकर्मीहरूको बाक्लो उपस्थिति थियो।

    आयोजकले सबिता पोखरेललाई प्रदान गरिएको सम्मानले समग्र कला पत्रकारिता क्षेत्रमा नयाँ प्रेरणा थप्ने विश्वास व्यक्त गरेका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page