काठमाडौं — प्रियसी म्युजिकको आयोजनामा सम्पन्न ‘चौथो सिल्भर म्यूजिक अवार्ड २०२५’ मा नेपाली सञ्चार क्षेत्रमा लामो समयदेखि क्रियाशील पत्रकार गीता अधिकारीलाई “कला पत्रकारिता सम्मान” प्रदान गरिएको छ।
चलचित्र विकास बोर्डको हलमा आयोजित भव्य समारोहमा संघीय सांसद तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमर बहादुर थापाको प्रमुख आतिथ्यतामा उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रममा गीत–संगीत तथा सञ्चार क्षेत्रमा योगदान पुर्याउने विभिन्न ३० विधाका प्रतिभाहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो।

गीता अधिकारी नेपाली सञ्चार क्षेत्रमा समर्पित, कर्मठ र जिम्मेवार पत्रकारको रूपमा परिचित छिन्। उनी विगत लामो समयदेखि नेपाली गीतसंगीत र चलचित्र क्षेत्रको प्रचारप्रसार र विकासमा निरन्तर क्रियाशील रहँदै आएकी छन्। उनका कलमबाट नेपाली सांगीतिक क्षेत्रका कलाकारहरूको संघर्ष, सिर्जना र सफलताका कथा उजागर हुँदै आएका छन्।
कार्यक्रममा पत्रकार ऋषि थपलियालाई पनि पत्रकारिता सम्मान प्रदान गरिएको थियो भने सविता पोखरेललाई समेत “कला पत्रकारिता सम्मान” दिइएको थियो। कार्यक्रमको सभापतित्व म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बविता श्रेष्ठले गरेकी थिइन्।
कलाकार, पत्रकार, निर्देशक तथा संगीतकर्मीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा गीता अधिकारीलाई प्रदान गरिएको सम्मानले समग्र कला पत्रकारितामा थप प्रेरणा र उत्साह सिर्जना गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

-
सुमन परियार र मेनुका सोनीको ‘डिप्रेसन’ सार्वजनिक, प्रेम धोका र मानसिक पीडाको कथा
-
किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा
-
कागभुसुण्डे मन्दिरमा धार्मिक एवं सांस्कृतिक कागबेनी मेला हुने
-
मानुङकोटको प्रेमकथामा आधारित बद्री सापकोटा र अमृत अधिकारीको ‘मानुङकोटैमा’ सार्वजनिक
-
लोक दोहोरी क्षेत्रमा जम्दै हरिचन्द्र भट्ट क्षेत्री