गोरखा: गोरखकाली रबर उद्योगको पुनरुत्थान तथा सरकारी लगानीको प्रभावकारी व्यवस्थापनका लागि गठित उपसमितिले सञ्चालनका विभिन्न विकल्पसहितको प्रतिवेदन पेस गरेको छ। प्रतिनिधिसभा सदस्य सुशील खड्काको संयोजकत्वमा गठित उपसमितिले सरकारी लगानी व्यवस्थापन समितिसमक्ष प्रतिवेदन बुझाएको हो।
उपसमितिले उद्योगको वित्तीय अवस्था, सम्पत्ति, दायित्व, उत्पादन क्षमता, स्वामित्व तथा सम्भावित सञ्चालन विकल्पबारे अध्ययन र समीक्षा गरेको जनाएको छ। अध्ययनका क्रममा विषयविज्ञसहित उपसमिति सदस्यहरूले उद्योग परिसर, रबर खेतीस्थल तथा निजी प्रतिष्ठानहरूको स्थलगत अवलोकन गर्नुका साथै सरोकारवालासँग छलफल गरेका थिए।
प्रतिवेदनमा उद्योगको सेयर व्यवस्थापन गर्ने, संस्थालाई सुधार गरी करारमा सञ्चालन गर्न दिने वा सम्पूर्ण सम्पत्तिको व्यवस्थापन गर्ने विकल्प प्रस्ताव गरिएको छ। त्यस्तै, उद्योगको सम्पत्ति मौद्रीकरण तथा पुनर्संरचना गरी आवश्यक लगानीसहित सञ्चालन करारमा दिने, राजस्वमा आधारित वित्तीय व्यवस्थापन मोडेल अपनाउने र उद्योगको ६ सय ६४ रोपनी जग्गाको व्यवस्थापन गर्ने सुझावसमेत समेटिएको छ।
उपसमिति संयोजक खड्काका अनुसार यही अवधारणाअन्तर्गत उदयपुर र हेटौँडाका सार्वजनिक संस्थानको व्यवस्थापनसम्बन्धी अध्ययन पनि अघि बढाइनेछ। यही मोडालिटीमा ४५ भन्दा बढी सार्वजनिक लगानीका कम्पनीलाई समेटेर मास्टर मोडेल तयार गरिएको उनले जानकारी दिए।
यसैबीच, खड्कालाई नेपाल टेलिकम र विशाल बजारको संस्थागत पुनर्संरचना अध्ययन गर्ने जिम्मेवारीसमेत दिइएको छ। उक्त अध्ययनको प्रतिवेदन पुस महिनाभित्र पेस गर्न समयसीमा तोकिएको छ।
-
भक्तपुरमा पहिलो पटक पिएफसी खुला महिला फुटसल प्रतियोगिता हुँदै, विजेताले ५० हजार पाउने
-
चौथो खेली रोईला दोहोरी प्रतियोगितामा सरोज सिम्खडा प्रथम
-
गाम्बेसी पोखरा रोधी क्लबको अन्तरदोहोरी प्रतियोगिता सम्पन्न, गाम्बेसी ‘बी’ प्रथम
-
ताकुकोट न्वागी मेला मंसिर ५ र ६ गते, बल्छी ध्रुवेसहित चर्चित कलाकारहरुको भव्य प्रस्तुति रहने
-
गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो प्रदेश जनस्वास्थ्य कार्यालय गोरखा