logo

आइतबार, मंसिर १३ २०८३

kantipurpationlinetv

२०८३ मंसिर १३ आइतबार

गृहमन्त्री गुरुङको विवाहमा प्रधानमन्त्री शाह र रवि लामिछाने सहभागी हुने

गृहमन्त्री गुरुङको विवाहमा प्रधानमन्त्री शाह र रवि लामिछाने सहभागी हुने


  • शनिबार, मंसिर १२ २०८३
  • 1K
    SHARES

    काठमाडौं: गृहमन्त्री सुधन गुरुङको विवाह समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहभागी हुने भएका छन्। गुरुङले दुवै नेतालाई व्यक्तिगत रूपमा भेटेर विवाहको निमन्त्रणा दिएका हुन्।

    सभापति लामिछानेलाई बूढानीलकण्ठस्थित निवासमा पुगेर निमन्त्रणा दिएका गुरुङले प्रधानमन्त्री शाहलाई पनि बिहीबार राति भेटेका थिए। दुवै नेताले अन्य कार्यक्रम मिलाएर भए पनि विवाह समारोहमा सहभागी हुने वचन दिएको स्रोतलाई उद्धृत गर्दै नेपाल प्रेसले जनाएको छ।

    गृहमन्त्री गुरुङले सरकारका अन्य मन्त्रीहरूलाई भने विवाहमा निमन्त्रणा नगर्ने निर्णय गरेको समाचारमा उल्लेख छ। यसअघि मन्त्रीहरूलाई पनि बोलाउने तयारी भए पनि उनले आफ्नो निर्णय परिवर्तन गरेको बताइएको छ।

    गुरुङको शुक्रबार काठमाडौंमा इन्गेजमेन्ट हुँदैछ। यसअघि नै अदालती विवाह गरिसकेका उनले आगामी मंसिर १७ गते गृह जिल्ला गोरखाको एक होमस्टेमा गुरुङ परम्पराअनुसार औपचारिक विवाह गर्ने तयारी गरेका छन्। विवाहमा सीमित व्यक्तिलाई मात्र सहभागी गराउने तयारी रहेको बताइएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page