गोरखा: प्रदेश अस्पताल गोरखामा पाँच शैयाको मेडिसिन आईसीयू सेवा सुरु भएको छ। जटिल प्रकृतिका बिरामीलाई जिल्लामै उपचार उपलब्ध गराउने उद्देश्यले बिहीबारदेखि सेवा सञ्चालनमा ल्याइएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शम्भु अधिकारीले जानकारी दिए।
यसअघि अस्पतालमा सर्जिकल आईसीयू सेवा मात्रै सञ्चालनमा थियो। मेडिसिन आईसीयू सेवा सुरु भएपछि निमोनियालगायत जटिल स्वास्थ्य समस्या भएका बिरामीलाई अस्पतालमै राखेर उपचार तथा निगरानी गर्न सहज हुने अधिकारीले बताए।
आईसीयू सेवा नहुँदा यसअघि जटिल अवस्थाका बिरामीलाई उपचारका लागि भरतपुर, काठमाडौंलगायतका सहरमा रिफर गर्नुपर्ने बाध्यता थियो। यसले बिरामी र आफन्तलाई उपचार खर्चसँगै समय व्यवस्थापनमा समेत कठिनाइ हुँदै आएको थियो। नयाँ सेवा सञ्चालनमा आएसँगै त्यस्ता बिरामीलाई जिल्लाभित्रै उपचारको सुविधा उपलब्ध हुने अस्पतालको अपेक्षा छ।
अस्पतालका अनुसार नयाँ सेवाबाट निमोनियालगायतका जटिल स्वास्थ्य समस्या भएका बिरामीका साथै टाउकोको शल्यक्रियापछि सघन निगरानी आवश्यक पर्ने बिरामीलाई पनि सहज हुनेछ।
-
भक्तपुरमा पहिलो पटक पिएफसी खुला महिला फुटसल प्रतियोगिता हुँदै, विजेताले ५० हजार पाउने
-
चौथो खेली रोईला दोहोरी प्रतियोगितामा सरोज सिम्खडा प्रथम
-
गाम्बेसी पोखरा रोधी क्लबको अन्तरदोहोरी प्रतियोगिता सम्पन्न, गाम्बेसी ‘बी’ प्रथम
-
ताकुकोट न्वागी मेला मंसिर ५ र ६ गते, बल्छी ध्रुवेसहित चर्चित कलाकारहरुको भव्य प्रस्तुति रहने
-
गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो प्रदेश जनस्वास्थ्य कार्यालय गोरखा