logo

आइतबार, मंसिर १३ २०८३

kantipurpationlinetv

२०८३ मंसिर १३ आइतबार

नागार्जुनमा सीसीटीभी जडान गर्न प्रहरी र नगरपालिकाबीच सम्झौता

नागार्जुनमा सीसीटीभी जडान गर्न प्रहरी र नगरपालिकाबीच सम्झौता


  • शनिबार, मंसिर १२ २०८३
  • 1K
    SHARES

    काठमाडौं । नागार्जुन नगरपालिका क्षेत्रभित्र सीसीटीभी क्यामेरा जडान गर्ने विषयमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र नागार्जुन नगरपालिकाबीच सम्झौता भएको छ। मंसिर ९ गते प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र नगरपालिकाकी कार्यवाहक नगर प्रमुख सुशीला अधिकारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

    सम्झौतापत्र आदानप्रदान कार्यक्रममा कार्यवाहक नगर प्रमुख अधिकारीले सीसीटीभी जडानले नगर क्षेत्रमा अपराध रोकथाम तथा नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने बताइन्। नेपाल प्रहरीसँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने उनको भनाइ थियो।

    प्रहरी अतिरिक्त महानिरीक्षक राठौरले शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा अनुसन्धानलाई प्रमाणमुखी बनाउन सीसीटीभीको महत्वपूर्ण भूमिका रहने बताए। उनले स्थानीय बासिन्दालाई समेत आफ्ना घरमा सीसीटीभी जडान गर्न आग्रह गर्दै प्रविधिमैत्री प्रहरी निर्माणमा सहयोग गरेकोमा नगरपालिकालाई धन्यवाद दिए।

    कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गोविन्द थपलिया, प्रहरी वरिष्ठ उपरीक्षक, नगरपालिकाका प्रशासकीय अधिकृत, प्रहरी उपरीक्षक तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page