logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

पार्वती जिसीको मौलिक तिज गीत ‘पराई घर’ सार्वजनिक: मौलिकता र संस्कृतिको चित्रण

पार्वती जिसीको मौलिक तिज गीत ‘पराई घर’ सार्वजनिक: मौलिकता र संस्कृतिको चित्रण


  • मंगलबार, साउन १३ २०८२
  • 31.7K
    SHARES

    काठमाडौं: हरेक वर्ष तीजको अवसरमा मौलिक सांगीतिक कोसेली लिएर दर्शक–श्रोतामाझ उपस्थित हुने गायिका पार्वती जिसीले यस वर्ष पनि नयाँ तीज गीत लिएर आएकी छन्। तीज गीतमा मौलिकता, भावनात्मक गहिराइ र चेलीबेटीको आत्माभिव्यक्तिलाई समेट्दै उनले “पराई घर” बोलको तीज गीत सार्वजनिक गरेकी हुन्।

    पार्वती जिसीकै स्वर, शब्द र संगीतमा सजिएको यस गीतलाई पार्वती जिसी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा महिलाहरूको तीज पर्व मनाउने रमाइलो शैलीसँगै नारीको पीडा, आमाको सम्झना, र माइतीको मायालाई समेटिएको छ। भावनात्मक पक्षलाई जीवन्त ढंगले प्रस्तुत गरिएको भिडियोमा पार्वती जिसी स्वयम् फिचर भएकी छन्।

    गीतको निर्देशन प्रविन थापाले गरेका छन् भने छायांकन  मिलन थापा र सम्पादन अमृत थापाले गरेका हुन्।

    विगत केही वर्षयता तीज गीतमा बढ्दो अश्लीलता र सांस्कृतिक विकृतिको आलोचना भइरहेका बेला पार्वती जिसीको “पराई घर” गीतले मौलिकता र नारी संवेदना बोल्ने प्रयास गरेको छ। परम्परा, संस्कृति र समाजप्रतिको दृष्टिकोण समेटिएको यस गीतले छोटो समयमै दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।

    लोकदोहोरी गायिकाको पहिचान बनाइसकेकी पार्वती जिसीले यसपटक पनि सामाजिक–सांस्कृतिक सन्देश बोकेको गीत सार्वजनिक गरेर सांगीतिक यात्रालाई निरन्तरता दिएकी छन्।

    गीत सार्वजनिक भएपछि गायिका पार्वती जिसीले कान्तिपुर पाटिसंग कुरा गर्दै भनिन्:

    “तीजको अवसरमा यसपटक पनि आफ्नै स्वर, शब्द र संगीतमा आधारित मौलिक गीत ‘पराई घर’ सार्वजनिक गरेको छु। गीतमार्फत समाज, संस्कृति र चेलीबेटीको भावनात्मक पक्षलाई उजागर गर्ने प्रयास गरेको छु। विशेषगरी नारीका पिर, व्यथा र वेदनालाई प्रतिनिधित्व गर्ने गरी तयार पारिएको यो गीतले दर्शक–श्रोतामाझ आत्मीयता र सन्देश दुवै दिन सकोस् भन्ने अपेक्षा राखेकी छु। सबैले समय निकालेर गीत हेर्नुहुनेछ, र सल्लाह–सुझाव दिनुहुनेछ भन्ने विश्वास लिएको छु।”

    पारिवारिक ताना–बाना, चेलीबेटीको भावनात्मक संसार, र नेपाली समाजमा चेलीको अवस्थालाई उजागर गर्ने गीत “पराई घर” यस वर्षको तीज गीतहरूमध्ये विशेष चर्चाको बिषय बनेको छ।

    भिडियो हेर्नुहोस्:


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page