logo

आइतबार, चैत्र ७ २०८२

kantipurpationlinetv

२०८२ चैत्र ७ आइतबार

निर्वाचन आयोगले गर्यो प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेस

निर्वाचन आयोगले गर्यो प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेस


  • आइतबार, चैत्र ७ २०८२
  • 70
    SHARES

    काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ।

    आइतबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीहरूले प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाएका हुन्। गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आयोगको टोलीले औपचारिक रूपमा निर्वाचन प्रतिवेदन पेस गरेको हो।

    प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद ज्ञापन गरेकी छन्। भेटका क्रममा निर्वाचनको समग्र प्रक्रिया र यसको सुशासन पक्षबारे पनि छलफल भएको जनाइएको छ।

    गृहमन्त्री अर्यालले यो निर्वाचन विगतका निर्वाचनको तुलनामा सुशासनका दृष्टिले अझ राम्रो भएको उल्लेख गरेका छन्। उनका अनुसार निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र प्रक्रिया समेत व्यवस्थित रूपमा अघि बढेको छ।

    गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको हो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech