logo

मंगलबार, साउन १२ २०८३

kantipurpationlinetv

२०८३ साउन १२ मंगलबार

‘सिटामोल’ र ‘मोहर’ आजदेखि देशभर प्रदर्शनमा

‘सिटामोल’ र ‘मोहर’ आजदेखि देशभर प्रदर्शनमा


  • शुक्रबार, साउन २३ २०८२
  • 7.7K
    SHARES

    काठमाडौं: शुक्रबारदेखि दुई नेपाली फिल्म ‘सिटामोल’ र ‘मोहर’ देशभरका सिनेमा हलमा प्रदर्शनमा आएका छन्। साथै, हलिउड फिल्म ‘Weapons’ पनि आजबाट नेपालमा रिलिज भएको छ।

    ‘सिटामोल’मा सौगात मल्ल र बेनिशा हमाल मुख्य भूमिकामा छन्। राजबहादुर साने निर्देशित फिल्म एक पूर्व माओवादी कमाण्डरको जीवन संघर्षमा आधारित सामाजिक कथामा केन्द्रित छ।

    त्यस्तै, ‘मोहर’ले देउकी प्रथाको नाममा हुने बाल हिंसा र सामाजिक अन्यायको कथा बोकेको छ। ओम प्रतिक निर्देशित फिल्ममा पल शाह, बेनिशा हमाल र नीति शाहको प्रमुख भूमिका छ। फिल्मलाई सामाजिक–थ्रिलर श्रेणीमा राखिएको छ।

    दुवै फिल्मले टिजर, ट्रेलर र गीतमार्फत दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइसकेका छन्। निर्माण पक्षले हलमा पनि दर्शकको राम्रो उपस्थिति हुने अपेक्षा गरेका छन्।

    यससँगै हलिउड फिल्म ‘Weapons’ पनि शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page