logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

बरिस्ठ सौंन्दर्यबिद सुष्मा महराको मौलिक शब्दहरू समेटिएको नयाँ तीज गीत सार्वजनिक

बरिस्ठ सौंन्दर्यबिद सुष्मा महराको मौलिक शब्दहरू समेटिएको नयाँ तीज गीत सार्वजनिक


  • बिहिबार, साउन २९ २०८२
  • 20.1K
    SHARES

    काठमाडौं । चर्चित सौंन्दर्यबिद सुष्मा महराको नयाँ तीज गीत सार्वजनिक भएको छ। गायिकाद्वय समीक्षा अधिकारी र रचना रिमालको स्वर रहेको नयाँ गीत ‘आयो तीज’ सार्वजनिक भएको छ ।

    राजधानीमा आयोजित एक कार्यक्रमका बीच उक्त गीत सार्वजनिक गरिएको हो ।

    सुष्मा महराको मौलिक शब्दहरू समेटिएको ‘रोमान्टिक’ शैली गीतमा पुरुषोत्तम न्यौपानेको संगीत र केशव बाबुको एरेञ्ज रहेको छ । ‘डान्सिङ सङ’को रुपमा बजारमा आएको उक्त गीतको भिडिओसमेत आकर्षक देखिएको छ ।

    भिडिओमा गीतकार महरा र प्यारीको अभिनय छ । थुप्रै कोरस समेत प्रयोग भएको भिडिओको निर्देशन शक्ति प्रज्वल घिमिरेले गरेका हुन् । भिडिओमा चक्रबहादर बरालको छायाङ्कन र सतीश श्रेष्ठको सम्पादन रहेको छ ।

    भिडिओको कोरियोग्राफी रोहिया महर्जनले गरेकी हुन् । फेसियल हाउसले निर्माण गरेको भिडिओ म्युजिक नेपालको अफिसिय युट्युब च्यालबाट सार्वजनिक गरिएको छ ।

    कार्यक्रममा गीतकार महराले गीतका शब्द केबल शब्द मात्र नभएर आफ्नो जीवन भएको बताइन् । आफ्नो जीवनका विगत गीतको शब्दमार्फत उतारेकाले गीत तथा भिडिओ हेर्नेले आफ्नो जीवन छर्लङ्ग बुझ्ने उनको भनाइ छ ।

    वरिष्ठ सौन्दर्यविद्समेत रहेकी महराको यो दोस्रो तीज गीत हो । महराले पहिलो गीतझैँ यो गीतमा पनि दर्शकले धेरै माया दिने विश्वास व्यक्त गरिन् ।

    संगीतकार न्यौपानले गीतका शब्द मौलिक र मार्मिक भएकाले आफूले मर्म नमर्ने गरेर रोमान्टिक शैलीमा गीत तयार पारेको बताए । यस्तै, भिडिओ निर्देशक घिमिरेले गीत मौलिक भएकाले आफूले नेपाली कलासंस्कृति झल्कने गरेर भिडिओ निर्माण गरेको बताए ।

    हेर्नुस् भिडियो :

     


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page