logo

सोमबार, चैत्र ८ २०८२

kantipurpationlinetv

२०८२ चैत्र ८ सोमबार

विश्व जुनियर उसु च्याम्पियनसिपका लागि नेपाली टोली चीन प्रस्थान गर्ने

विश्व जुनियर उसु च्याम्पियनसिपका लागि नेपाली टोली चीन प्रस्थान गर्ने


  • शुक्रबार, चैत्र ५ २०८२
  • 1.1K
    SHARES

    काठमाडौं। १०औं विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन प्रस्थान गर्ने भएको छ।

    चैत ९ देखि १७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा रश्मी तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन्। उक्त प्रतियोगिता सेनेगलमा हुने डकार युथ ओलम्पिकको छनोटका रूपमा समेत रहेको छ।

    टोलीमा प्रशिक्षकका रूपमा लानम लामा र जंगबहादुर तामाङ तथा निर्णायकका रूपमा मन्जुर महर्जन र गोविन्दबहादुर शाही रहेका छन्।

    टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech