काठमाडौँ । नेपालले साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्धको फराकिलो जित हासिल गरेको छ ।
बंगलादेशको ढाकामा सम्पन्न खेलमा नेपालले भुटानलाई ८-० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा पुर्णिमा राई र मीना देउवाले ह्याट्रिक गरेका थिए भने कुसुम खतिवडा र समिक्षा मगरले एक एक गोल गरेका थिए ।
जारी प्रतियोगितामा नेपालले अहिलेसम्म खेलेका ५ खेलमा चार जितसहित १२ अंक हासिल गरेको छ । नेपालले दुवै पटक श्रीलंकाविरुद्ध ७-० गोल अन्तरले हराएको छ भने यस अघि भुटानलाई ६-१ ले पराजित गरेको थियो । त्यस्तै बंगलादेशसँग ३-२ गोल अन्तरले पराजित भएको थियो ।
त्यसैगरी भुटानले भने ५ खेलमा एक जित हासिल गरेको छ । भुटानले श्रीलंकालाई ५-० गोलले पराजित गरेको थियो भने बंगलादेशसँग ४-१ र ३-० को हार बेहोरेको थियो भने नेपालसँग ६-१ ले हार बेहोरेको थियो ।
नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।
यस प्रतियोगितामा नेपालले अब अर्को खेल अन्तिम खेल जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने