२८ साउन, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको निलम्बन फुकुवाका लागि फिफासँग सकारात्मक पहल भइरहेको बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बिहीबार बसेको १२५औँ बोर्ड बैठकमा मन्त्री पोखरेलले एन्फाको निलम्बन फुकुवाका विषयमा फिफासँग निरन्तर संवाद भइरहेको जानकारी दिएका हुन् ।
बैठकमा मन्त्री पोखरेलले सरकार र फिफाबीच सहकार्य तथा छलफल भइरहेको र विभिन्न माध्यमबाट पत्राचारसमेत भइरहेको बताएका थिए ।
‘हाम्रो सहकार्य भइराखेको छ । छलफल भइराखेको छ । एक खालको मेलहरू आदानप्रदान भइराखेको छ । छलफल सकारात्मक छ । निलम्बन फुकुवा हुनेमा आशा गर्न सकिन्छ,’ मन्त्री पोखरेललाई उद्धृत गर्दै बैठकमा सहभागी एक सदस्यले भने ।
एन्फासम्बन्धी विषय बैठकको एजेन्डामा राखिए पनि त्यसबारे कुनै निर्णय भने हुन सकेन ।
स्रोतका अनुसार सरकारले आफ्नोतर्फबाट आवश्यक प्रक्रिया टुंग्याएर अहिले फिफाको जवाफ कुरिरहेको छ ।
‘हाम्रोतर्फबाट टुंग्याएका छौँ । अहिले फिफाको जवाफ कुरिरहेका छौँ । फिफाको जवाफ आएपछि सरकार अगाडि बढ्छ,’ स्रोतले भन्यो ।
फिफाको जवाफ प्राप्त भएपछि एन्फाको निलम्बन फुकुवाका लागि आवश्यक प्रक्रिया अघि बढाउने सरकारको तयारी रहेको जनाइएको छ ।
-
कलाकारितापछि राजनीतिमा प्रकाश कटुवाल, कांग्रेस महाधिवेशन प्रतिनिधिमा भिड्दै
-
दोहोरी गीत प्रतिष्ठान उपत्यका समितिद्वारा संगीत प्रशिक्षण कक्षा शुभारम्भ
-
खेम सेन्चुरीले नारायण रायमाझीको ‘बसन्ती’बाट फिल्ममा डेब्यु गर्ने
-
मुग्लिङ बजारमा गीत विमोचनसँगै कलाकार तथा सञ्चारकर्मीहरु सम्मानित
-
भदौ महिनाको उत्कृष्ट प्रहरी बने प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारी