काठमाडौं — साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। यससँगै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि आफ्नो नाममा लेखाउँदै दोस्रो पटक विश्वविजेता बन्न सफल भएको हो। यसअघि स्पेनले सन् २०१० मा पहिलो पटक विश्वकप जितेको थियो।
अमेरिकाको न्युजर्सीस्थित स्टेडियममा सम्पन्न फाइनल खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
निर्णायक गोल स्पेनका फेरान टोरेसले अतिरिक्त समयको १०६औँ मिनेटमा गरेका थिए। टोरेसको उक्त गोल नै खेलको एकमात्र गोल बनेपछि स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै विश्व फुटबलको सर्वोच्च उपाधि उचाल्यो।
निर्धारित समयको अन्त्यतिर अर्जेन्टिनाका एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाडेका थिए। त्यसपछि १० खेलाडीमा सीमित बनेको अर्जेन्टिनामाथि स्पेनले दबाब बढाउँदै निर्णायक गोल गर्न सफल भएको हो।
साविक विजेता अर्जेन्टिनाले सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो भने स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै उपाधि भिडन्त तय गरेको थियो।
स्पेनको यो जितसँगै टोलीले १६ वर्षपछि पुनः विश्व फुटबलमा आफ्नो प्रभुत्व स्थापित गर्दै दोस्रो पटक विश्वकप ट्रफी उचाल्न सफल भएको छ ।
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
सन्तोष परियारको दशैंको मर्मस्पर्शी गीत ‘लाहुरेको दशैं तिहार’ले रुवायो दर्शक