logo

मंगलबार, साउन १२ २०८३

kantipurpationlinetv

२०८३ साउन १२ मंगलबार

माघ १ देखि हलमा ‘गोबर गणेश’, टाइटल टिजर गीत सार्वजनिक

माघ १ देखि हलमा ‘गोबर गणेश’, टाइटल टिजर गीत सार्वजनिक


  • आइतबार, पुष ५ २०८२
  • 10.9K
    SHARES

    काठमाडौं — बहुप्रतीक्षित नेपाली चलचित्र ‘गोबर गणेश’ को टाइटल टिजर गीत सार्वजनिक गरिएको छ। माघ १ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मले टाइटल टिजर गीत सार्वजनिक गरेसँगै दर्शक र समीक्षकबीच थप उत्साह सिर्जना गरेको छ।

    यसअघि सार्वजनिक गरिएको फिल्मको फर्स्टलुक पोस्टरले पनि सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको थियो। साना पर्दामा ‘सिरियल निर्देशन गर्ने केटो’का रूपमा परिचित मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले यही चलचित्रमार्फत ठूलो पर्दामा निर्देशन यात्रा अझ सशक्त रूपमा अघि बढाउने भएका छन्।

    बल्छी धुर्बे फिल्म्सको ब्यानरमा निर्माण भएको ‘गोबर गणेश’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको निर्माण टिमले जनाएको छ। फिल्ममा वर्षा, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, सन्तोष बानियाँ लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ।

    फिल्मको डिजिटल पार्टनरका रूपमा ओएसआर डिजिटल जोडिएको छ भने वितरणको जिम्मेवारी श्री ब्याकटेस इन्टरटेनमेन्टले लिएको छ। टाइटल टिजर गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा दर्शकहरूले फिल्मप्रति सकारात्मक प्रतिक्रिया जनाइरहेका छन्।

    हास्य, सामाजिक सन्देश र मनोरञ्जनको संयोजन रहेको बताइएको ‘गोबर गणेश’ माघ १ गतेदेखि हलमा कस्तो प्रभाव छोड्ने हो भन्ने चासो बढ्दो छ। बढ्दो चर्चा र दर्शकको उत्साहले फिल्मलाई यो समयको प्रतिक्षित चलचित्रको सूचीमा राखेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page