काठमाडौं: परदेशीको दुःखी जीवनको अपार सफलतापछि रोहन रसाईलीको अर्को सांङ्गितिक कोसेली ‘उड्ने जहाजमा’ बजारमा आएको छ । परदेशीको दुःखी जीवनको भाग २ मानिएको उक्त गीतले पहिलो भागदेखिको सृंखलाबद्ध कथा समेटेको छ । बदलिदो देशको परिस्थिती, रोजगारीको अभावको मारमा परेका आम नेपालीको जीवन कथाबाट सुरु भएको गीतमा दुःख गरेरै भएपनि सुन्दर भविष्यको आशा साँचिएको भाव प्रस्तुत गरिएको छ । परदेशीले केही दिनको छुट्टि मिलाएर आएपनि फेरि फर्कनु पर्ने पीडा मात्र हैन फर्किएर रमाउने अदृश्य आशा पनि गीतमा समाबेश गरिएको छ ।
शंकर बराईलीको लय शव्दमा तयार भएको गीतमा देबेश राईको संगित संयोजन रहेको छ भने लोकप्रिय गायिका करुणा राई र रोहन रसाइलीले यो गीतमा स्वरांकन गरेका छन् । त्रिबेणी डिजिटल रेकडिङ स्टुडियोमा रेकर्ड भएको यो गीतको मिक्सिङ माष्टरिङ राजकुमार बगरले गरेका हुन् ।
यस गीतको म्यूजिक भिडियो पनि उत्तिकै ससक्त बनेको छ । बास्तविक रुपमै एयरपोर्टदेखि घरसम्म र प्रवासका कथा जीवन्त बनाईएको उक्त गीतलाई समिर थोकरले निर्देशन गरेका हुन् । गीतमा गायक रोहन रसाइली, गायिका करुणा राई र शोभा रसाइलीको अभिनय रहेको छ । विक्रम गौतमको श्रृंगार अनि कमानसिं राई म्यानेजमेन्ट तथा रामकृष्ण चौलागाईंको छांयाकन रहेको यो गीतको भिडियो सम्पादन विरबहादुर थारुले गरेका हुन भने करुणा राई अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
पूरा भिडियो हेर्नुहोस्:
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा