काठमाडौँ — प्रतियोगितात्मक दोहोरी गायिका तथा इन्द्रेणी दोहोरी तारा सपना रोका र लोकप्रिय गायक खेम सेन्चुरीको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘कति राम्री’ सार्वजनिक भएको छ।
रोमान्टिक भावनामा आधारित उक्त गीतमा रमेश परियारको शब्द तथा नवीन परियारको संगीत रहेको छ। त्यसैगरी संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ एचविएन् किस्मतले गरेका छन् भने रेकर्डिङ राज खड्काले गरेका हुन्।
भिडियोमा चर्चित अभिनेता पल शाह र मोडल साद्रिना ठकुरीको आकर्षक नृत्य तथा रोमान्टिक अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्। छायांकन बुद्ध थापाले गरेका छन् भने सम्पादन, कलर तथा ग्राफिक्स मनोज कार्कीले गरेका छन्।
तीन वर्षअघि खेम र सपनाले ल्याएको ‘नन्दनी’ गीत अत्यन्त लोकप्रिय बनेको थियो। साथै, सपना रोकाले विभिन्न दोहोरी प्रतियोगिताहरूमा सहभागिता जनाउँदै प्रथम तथा द्वितीय स्थान हासिल गर्दै आफ्नो सांगीतिक यात्रालाई निरन्तर अगाडि बढाइरहेकी छन्।
रोमान्टिक कथावस्तुमा आधारित ‘कति राम्री’ गीतले प्रेमभावलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। भिडियो सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ राम्रो चर्चा पाउन थालेको छ। गीत गायिका सपना रोकाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
हेर्नुहोस् गीतको म्युजिक भिडियो:
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी