लमजुङ: मर्स्याङ्दी गाउँपालिकाले आधारभूत तह (कक्षा १ देखि ८ सम्म) का लागि तयार गरेको ‘हाम्रो मर्स्याङ्दी’ नामक स्थानीय पाठ्यपुस्तकको पहिलो मस्यौदामाथि छलफल गरिएको छ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा २९ चैत २०८२ गते डा. हर्क गुरूङ बैठक कक्ष, भुलभुलेमा आयोजित कार्यक्रममा सरोकारवाला निकाय, शिक्षाविद् तथा सम्बन्धित क्षेत्रका व्यक्तिहरूले पाठ्यपुस्तकबारे सुझाव दिएका थिए।
कार्यक्रममा पाठ्यपुस्तकको विषयवस्तु, संरचना, स्थानीय सन्दर्भ र शैक्षिक गुणस्तरबारे केन्द्रित रहेर छलफल भएको थियो। सहभागीहरूले पाठ्यपुस्तकलाई थप व्यवहारिक, सान्दर्भिक र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिएका थिए।
छलफलका क्रममा प्राप्त सुझावहरूलाई समेटेर पाठ्यपुस्तकलाई अन्तिम रूप दिइने गाउँपालिकाले जनाएको छ। स्थानीय पाठ्यक्रम विकासमा यो पहल महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी