लमजुङ: मर्स्याङ्दी गाउँपालिकाले आधारभूत तह (कक्षा १ देखि ८ सम्म) का लागि तयार गरेको ‘हाम्रो मर्स्याङ्दी’ नामक स्थानीय पाठ्यपुस्तकको पहिलो मस्यौदामाथि छलफल गरिएको छ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा २९ चैत २०८२ गते डा. हर्क गुरूङ बैठक कक्ष, भुलभुलेमा आयोजित कार्यक्रममा सरोकारवाला निकाय, शिक्षाविद् तथा सम्बन्धित क्षेत्रका व्यक्तिहरूले पाठ्यपुस्तकबारे सुझाव दिएका थिए।
कार्यक्रममा पाठ्यपुस्तकको विषयवस्तु, संरचना, स्थानीय सन्दर्भ र शैक्षिक गुणस्तरबारे केन्द्रित रहेर छलफल भएको थियो। सहभागीहरूले पाठ्यपुस्तकलाई थप व्यवहारिक, सान्दर्भिक र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिएका थिए।
छलफलका क्रममा प्राप्त सुझावहरूलाई समेटेर पाठ्यपुस्तकलाई अन्तिम रूप दिइने गाउँपालिकाले जनाएको छ। स्थानीय पाठ्यक्रम विकासमा यो पहल महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
गायक राजन भुजेलले ल्याए पञ्चेबाजा गीत म जन्मेको ठाउँ: भिडियोमा सफल र हर्षिता