logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

दोस्रो राष्ट्रिय कौराहा सम्मेलन सम्पन्न, कौराहा घोषणापत्र जारी

दोस्रो राष्ट्रिय कौराहा सम्मेलन सम्पन्न, कौराहा घोषणापत्र जारी


  • आइतबार, बैशाख ६ २०८३
  • 2.4K
    SHARES

    तनहुँ: तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा जारी दोस्रो राष्ट्रिय कौराहा सम्मेलन कौराहा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । मगर समुदायको मौलिक नृत्य कौराहाको संरक्षण, प्रवर्द्धन तथा दस्तावेजीकरण गर्ने उद्देश्यसहित आयोजना गरिएको सम्मेलन सफलतापूर्वक सम्पन्न भएको हो ।

    नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिको आयोजना र नेपाल मगर संघ तनहुँको सहआयोजनामा सम्पन्न सम्मेलनले कार्यदल तथा विज्ञ समितिमार्फत कौराहा घोषणापत्र तयार गरी जारी गरेको नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष नन्दु धर्ती मगरले जानकारी दिए ।

    कौराहा घोषणापत्रका लागि यमबहादुर आलेको संयोजकत्वमा विज्ञ समिति गठन गरिएको थियो । देशका विभिन्न जिल्लाबाट आएका २७ सांस्कृतिक समूहको सहभागिता रहेको सम्मेलनमा प्रतिनिधिहरूबीच भएको छलफल र निर्णयका आधारमा कौराहाको दस्तावेजीकरण गरिएको उनले बताए ।

    झापुटारमा शुक्रबारदेखि सुरु भएको सम्मेलन यसपटक फरक र मौलिक शैलीमा उद्घाटन गरिएको थियो । औपचारिक भाषणभन्दा अघि सहभागी युवायुवतीहरूले सामूहिक रूपमा कौरा नृत्य प्रस्तुत गर्दै कार्यक्रमको सुरुवात गरेका थिए । खैचडीको तालमा प्रस्तुत गीत–संगीत र नृत्यले कार्यक्रमस्थल दिनभर सांस्कृतिक वातावरणले भरिएको थियो ।

    कार्यक्रम संयोजक पदमबहादुर थापाले समयसँगै मौलिक संस्कृतिहरू लोप हुने जोखिम बढ्दै गएकाले कौराहाको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा हस्तान्तरण आवश्यक रहेको बताए । उनले कौराहालाई अध्ययन, अनुसन्धान तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

    नेपाल मगर संघका प्रतिनिधिहरूका अनुसार कौराहा मगर समुदायको सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको सम्पदा हो, जसको संरक्षण र संस्थागत विकास अत्यावश्यक छ । कौराहा विशेषगरी ‘६ क’ सिद्धान्तसँग सम्बन्धित रहेको बताइन्छ, जसमा गाउने समय, शैली, संख्या, स्थान, नृत्य विधि र वाद्ययन्त्र प्रयोगका आधारभूत पक्षहरू समेटिएका छन् ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page