गोरखा: गोरखामा पहिलो पटक खुला ठाडो भाका प्रतियोगिता आयोजना हुने भएको छ । भूकम्प स्मृति दिवसको अवसर पारेर आगामी वैशाख ११ गतेदेखि जिल्ला सदरमुकामस्थित रानीपोखरी परिसरमा प्रतियोगिता सञ्चालन गर्न लागिएको ठाडो भाका संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष पृथ्वी गुरुङले बताए ।
समितिले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी तीव्र पारिएको जानकारी दिएको छ । समितिका अध्यक्ष पृथ्वी गुरुङका अनुसार लोपोन्मुख अवस्थामा पुगेको ठाडो भाकाको संरक्षण तथा प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो । उनले ठाडो भाका नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा संकटमा परेको उल्लेख गर्दै प्रतियोगितामार्फत यसको जगेर्ना गर्न पहल गरिएको बताए । साथै, अग्रज श्रष्टालाई सम्मान गर्दै नयाँ पुस्तालाई प्रोत्साहन गर्ने लक्ष्य पनि राखिएको उनले जानकारी दिए ।
प्रतियोगितामा १५ भन्दा बढी टिमको सहभागिता रहने अपेक्षा गरिएको छ । गोरखासहित लम्जुङ, तनहुँ र कास्कीबाट समेत प्रतियोगी सहभागी हुने समितिका सचिव हरिकुमार श्रेष्ठले बताए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ८० हजार, ५० हजार र ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने सान्त्वना हुनेलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । साथै, कार्यक्रममा एक जना अग्रज श्रष्टा र एक जना युवा प्रतिभालाई सम्मान गरिने जनाइएको छ ।
प्रतियोगिता सञ्चालनका लागि करिब १८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सहभागीका लागि खानपान तथा बसोबासको व्यवस्था आयोजकले गर्ने जनाएको छ ।
गोरखा नगरपालिकाका वडाध्यक्ष विष्णु राना र राजेन्द्रकुमार जोशीले लोप हुँदै गएको ठाडो भाका संरक्षणमा सबैले साथ दिनुपर्ने आवश्यकता औंल्याउँदै प्रतियोगिता सफल पार्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी