काठमाडौं । चर्चित दोहोरी गायक सागर बिसीले विवाह गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विवाह गरेको तस्बिर सार्वजनिक गर्दै वैवाहिक जीवनको जानकारी दिएका हुन्।
बिसीले भावुक स्टाटस लेख्दै “सुख पाए पनि दुःख पाए पनि तिम्रै काखको सिरानी हुनेछ प्यारि जीवन सङ्गिनी सपना 2083/1/7” उल्लेख गरेका छन्।
धादिङका जन्मिएका बिसीले चितवनकी सपना सुनारसँग विवाह गरेका हुन्। नेपाली लोक–दोहोरी क्षेत्रमा सक्रिय बिसी पछिल्लो समय चर्चित लाइभ दोहोरी गायकका रूपमा परिचित छन्।
करिब एक दशकदेखि संगीत क्षेत्रमा सक्रिय रहेका उनले ‘वनको जडिबुटी’, ‘धादिङ जिल्ला सेरो फेरो’ लगायत दर्जनौं एल्बम तथा हजारौँ लाइभ दोहोरीमा स्वर दिइसकेका छन्।
विवाहको खबर सार्वजनिक भएपछि बिसीलाई संगीत क्षेत्रका कलाकार तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत शुभकामना तथा बधाई दिइरहेका छन्। विवाह समारोहमा परिवारका सदस्यहरूको मात्र उपस्थिति रहेको थियो ।
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
सन्तोष परियारको दशैंको मर्मस्पर्शी गीत ‘लाहुरेको दशैं तिहार’ले रुवायो दर्शक
-
गायक राजन भुजेलले ल्याए पञ्चेबाजा गीत म जन्मेको ठाउँ: भिडियोमा सफल र हर्षिता