काठमाडौं — नव वर्ष २०८३ को अवसर पारेर नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत सार्वजनिक गर्ने क्रम बढ्दो छ। यसैक्रममा गायिका इन्दिरा सानु थापाको नयाँ गीत “हिमाली पाखैमा” सार्वजनिक भएको छ।
सार्वजनिक गीत “हिमाली पाखैमा” ले प्रेमिल जोडीहरूको कथा प्रस्तुत गरेको छ। गीतमा राधाकृष्ण तथा मुनामदनजस्ता चर्चित प्रेम जोडीहरूको प्रसंग समेट्दै साँचो प्रेम सधैं अमर रहने सन्देश दिन खोजिएको छ। आदर्श प्रेम सम्बन्ध स्थापित गर्ने भावनालाई पनि गीतमार्फत अभिव्यक्त गरिएको छ।
गीतमा कृष्ण रेउले र मेलिना राईको स्वर रहेको छ। शब्द तथा संगीत पनि कृष्ण रेउलेकै रहेको हो।
गीतको भिडियोमा जेरी भण्डारीको कथा, निर्देशन तथा कोरियोग्राफी रहेको छ। छायांकन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन नबिन घर्ती मगरले गरेका छन्।
भिडियोमा इन्दिरा सानु थापा र पूर्ण बहादुर गन्धर्वको अभिनय देख्न सकिन्छ। उक्त गीत कृष्ण रेउलेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
मर्स्याङदी गाउँपालिका–८ मा विपन्न परिवारलाई कुखुराका चल्ला वितरण, आयआर्जन तथा स्वरोजगार प्रवर्द्धनमा जोड