गोरखा — गोरखामा पहिलो पटक आयोजना गरिएको खुल्ला ठाडो भाका प्रतियोगिता आजबाट सुरु भएको छ। भूकम्प स्मृति दिवसको अवसर पारेर वैशाख ११ गतेदेखि जिल्ला सदरमुकामस्थित रानीपोखरी परिसरमा प्रतियोगिता सञ्चालन गरिएको हो। कार्यक्रम भोलि समापन हुने आयोजकले जनाएको छ।
ठाडो भाका संरक्षण तथा प्रवर्द्धन समितिको आयोजनामा भइरहेको प्रतियोगितामा गोरखासहित लम्जुङ, तनहुँ र कास्की जिल्लाबाट १५ वटा टिमको सहभागिता रहेको छ। लोपोन्मुख अवस्थामा पुगेको ठाडो भाकाको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष पृथ्वी गुरुङले बताए।
प्रतियोगिताको उद्घाटन गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै नगरप्रमुख मगरले मौलिक संस्कृतिको जगेर्ना गर्न यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै स्थानीय सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
प्रतियोगितामा उत्कृष्ट हुने टोलीले क्रमशः ८० हजार, ५० हजार र ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने सान्त्वना पुरस्कार १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। साथै, एक जना अग्रज श्रष्टा र एक जना युवा प्रतिभालाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ।
प्रतियोगिताको निर्णायक संयोजक अमर विरही गुरुङ रहेका छन्। कार्यक्रम सञ्चालनका लागि करिब १८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने सहभागी टोलीका लागि खानपान तथा बसोबासको व्यवस्था आयोजकले मिलाएको जनाएको छ।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी