काठमाडौं — गोरखाको द ओल्ड क्यापिटल माध्यमिक विद्यालयले राष्ट्रिय स्तरमा महत्वपूर्ण सफलता हासिल गरेको छ। देशभरका हजारौँ माध्यमिक विद्यालयहरूमध्ये विभिन्न मापदण्डका आधारमा गरिएको मूल्याङ्कनमा ‘उत्कृष्ट मावि’ घोषित हुँदै विद्यालयले ‘राष्ट्रिय शिक्षा सम्मान २०८३’ प्राप्त गरेको हो।
सामाजिक अभियानमा सक्रिय संस्था फोकस नेपालले शनिबार नेपाल पुलिस क्लब, काठमाडौंमा आयोजना गरेको विशेष समारोहका बीच विद्यालयलाई उक्त राष्ट्रिय सम्मान प्रदान गरिएको हो।
समारोहमा राष्ट्रिय सभाका उपाध्यक्ष लीला कुमारी भण्डारी र फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले संयुक्त रूपमा विद्यालयका अध्यक्ष सुरेन्द्र कुवँर र प्रधानाध्यापक जनक केसीलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए। विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार ओल्ड क्यापिटललाई उत्कृष्ट मावि घोषित गर्नुमा विद्यालयको पर्याप्त भौतिक पूर्वाधार, दक्ष तथा अनुभवी शिक्षकद्वारा प्रदान गरिने समयसापेक्ष तथा प्रतिस्पर्धी शिक्षा प्रमुख आधार रहेका छन्।
त्यसैगरी विद्यार्थीहरूको चौतर्फी विकासका लागि सञ्चालन गरिने अतिरिक्त क्रियाकलाप, दक्ष जनशक्ति उत्पादनमा विद्यालयको भूमिका तथा विगतका वर्षहरूमा हासिल उत्कृष्ट शैक्षिक नतिजाले पनि विद्यालयलाई उक्त स्थान दिलाएको फोकस नेपालका अध्यक्ष पोखरेलले बताए।
गोरखा जिल्लामा सबैभन्दा धेरै विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्ने यस विद्यालयमा हाल २ हजार ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आयोजक संस्थाले आगामी दिनमा राष्ट्रको शैक्षिक विकासमा ओल्ड क्यापिटल माविबाट अझ ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा