logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

जेठ २९ देखि नुवाकोटमा नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी प्रतियोगिता हुने

जेठ २९ देखि नुवाकोटमा नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी प्रतियोगिता हुने


  • बिहिबार, जेष्ठ ७ २०८३
  • 2.4K
    SHARES

    काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा यही जेठ महिनामा नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता हुने भएको छ ।

    प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले उक्त प्रतियोगिता यही जेठ २९, ३० र ३१ गते विदुर नगरपालिका, नुवाकोटमा आयोजना गर्ने निर्णय गरेको हो ।

    लोक तथा दोहोरी गीत क्षेत्रमा नयाँ एवं उदाउँदा प्रतिभाहरूलाई प्रोत्साहन गर्ने तथा उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतिष्ठानले प्रतियोगिता हरेक वर्ष नियमित रूपमा आयोजना गर्दै आएको जनाएको छ । अध्यक्ष थापाले यस वर्ष पनि सोही अभियानलाई निरन्तरता दिइएको बताइन् ।

    गत वर्ष चितवनमा भव्य रूपमा सम्पन्न भएको राष्ट्रिय प्रतियोगिता यस वर्ष ऐतिहासिक तथा सांस्कृतिक जिल्ला नुवाकोटमा आयोजना हुन लागेको हो ।

    प्रतिष्ठानका अनुसार विदुर नगरपालिकामा हुने प्रतियोगिताले स्थानीय स्तरमा परम्परागत लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा टेवा पुर्‍याउनुका साथै देशभरका कलाकारबीच सिर्जनात्मक तथा उत्कृष्ट प्रतिस्पर्धा गराउने अपेक्षा गरिएको छ ।

    प्रतियोगिताको विस्तृत कार्यतालिका तथा पुरस्कार राशिसम्बन्धी जानकारी प्रतिष्ठानले छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page