काठमाडौं । नेपाली लोकसङ्गीत क्षेत्रमा नयाँ स्वाद बोकेको दोहोरी गीत ‘फूल जस्तै पयालै’ सार्वजनिक गरिएको छ । काठमाडौंस्थित एन्ड्र्युज क्याफे एण्ड रेष्ट्रोमा राष्ट्रिय लोकसञ्चारकर्मी नेपाल उपत्यका समितिले आयोजना गरेको विशेष कार्यक्रममा गायिका रन्जिता विश्वकर्माको उक्त गीतको औपचारिक विमोचन गरिएको हो ।
गीतमा लोकप्रिय गायक खेम सेन्चुरी र रन्जिता विश्वकर्माको स्वर रहेको छ । विक्रम बाबु विश्वकर्माको शब्द सिर्जना रहेको गीतमा संगीत असिम चन्द्र विश्वकर्माले दिएका हुन् । नेपाली मौलिकता, लोकसंस्कृति तथा ग्रामीण परिवेशलाई समेटेर तयार पारिएको गीतले मौलिक लोकभाकाको स्वाद दिलाउने प्रयास गरेको छ ।
गीतको भिडियोमा लामो समयपछि चर्चित कलाकार जोडी प्रकाश सपुत र अञ्जली अधिकारी पुनः एकसाथ देखिएका छन् । भिडियोमा उनीहरूको रोमान्टिक अभिनय र आकर्षक केमेस्ट्री प्रस्तुत गरिएको छ । साथै भिडियोमा एकेन्द्र सारा शङ्करको अभिनयसमेत देख्न सकिन्छ । भिडियोको निर्देशन तथा कोरियोग्राफी एकेन्द्र सारा शङ्करले गरेका हुन् ।
रन्जिता विश्वकर्माको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले रिलिजसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ ।
गीत विमोचन कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका महासचिव शिव हमाल सहभागी थिए भने विशिष्ट अतिथिका रूपमा राष्ट्रिय लोकसञ्चारकर्मी नेपालका केन्द्रीय अध्यक्ष चन्द्रमणि गौतमको उपस्थिति रहेको थियो । साथै संस्थाका सल्लाहकार सुमन बैरागी पण्डितलगायत अन्य अतिथिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन उपत्यका समितिका सचिव सञ्जय पोखरेलले गरेका थिए भने अध्यक्षता अनु अर्पण घिमिरेले गरेकी थिइन् । संस्थाका प्रवक्ता विकास थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै चन्द्रमणि गौतमले छोटो समयमै उपत्यका समितिले गरेका गतिविधिको प्रशंसा गर्दै नयाँ पुस्ताका कलाकारलाई औपचारिक रूपमा प्रस्तुत गर्नु सकारात्मक पक्ष भएको बताए । उनले गायिका रन्जिता विश्वकर्माको मेहनत, साहस र निरन्तरताको खुलेर प्रशंसा गरेका थिए ।
त्यस्तै शिव हमालले ‘फूल जस्तै पँयालै’ जस्ता मौलिक लोकगीतहरूले नेपाली लोकसङ्गीत क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय लोकदोहोरी क्षेत्रमा देखिएको विकृति, विसंगति तथा उच्छृङ्खल सामग्रीविरुद्ध राष्ट्रिय लोकसञ्चारकर्मी नेपाल उपत्यका समितिले खेलेको भूमिकाको प्रशंसा गर्दै मौलिक लोकलयमा आधारित गीत–संगीतको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको धारणा राखे ।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
मर्स्याङदी गाउँपालिका–८ मा विपन्न परिवारलाई कुखुराका चल्ला वितरण, आयआर्जन तथा स्वरोजगार प्रवर्द्धनमा जोड
-
रास्वपाको गोरखाका सबै पालिकामा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशन जेठ २४ मा