काठमाडौं । गोर्खाली गायिका निशा गुरुङको प्रस्तुतिमा नयाँ दोहोरी गीत ‘तीनढिके फुली’ (ढाकाको टोपीले) सार्वजनिक भएको छ। गायिका गुरुङको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीत यतिबेला दर्शक तथा श्रोतामाझ लोकप्रिय बन्दै गएको छ।
प्रेमी–प्रेमिकाबीचको माया–प्रेमको भावनात्मक कथावस्तु समेटिएको गीतमा निशा गुरुङ र शीतल गुरुङको सुमधुर स्वर रहेको छ। गीतका शब्द गीतकार सीताराम परियारले लेखेका हुन् भने संगीत शीतल गुरुङ कै रहेको छ। गीतको संगीत संयोजन शिव कनौजी मगरले गरेका हुन्।
मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई खड्क बाजुरालीले मिक्सिङ गरेका छन्। त्यसैगरी रेकर्डिस्टको रूपमा गोविन्द पराजुली र सागर बाजुरालीको योगदान रहेको छ।
गीतको म्युजिक भिडियो दीप गुरुङको निर्देशनमा तयार गरिएको हो। भिडियोमा कलाकारहरू विजय पुन, बबिन सिंह ठकुरी, प्रीति गुरुङ र दिपिका मगरको अभिनय रहेको छ। कलाकारहरूको श्रृङ्गार हेमा गुरुङले गरेकी हुन्।
भिडियोको छायाङ्कन विजय लामाले गरेका हुन् भने सम्पादन पदम सुवेदीले गरेका छन्।
यसअघि पनि निशा गुरुङको आवाजमा रहेका ‘पुर्ख्यौली गाउँ’, ‘वीर गोर्खाली’, ‘लाहुरेको तकमा छ’, ‘युके लन्डनको’ तथा ‘सिङ्गापुर मलाय’ लगायत दर्जनौँ गीतहरू दर्शक तथा श्रोतामाझ लोकप्रिय रहँदै आएका छन्।
नयाँ गीत ‘तीनढिके फुली’ (ढाकाको टोपीले) को म्युजिक भिडियो गायिका निशा गुरुङको अफिसियल युट्युब च्यानलमार्फत हेर्न सकिनेछ।
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
सन्तोष परियारको दशैंको मर्मस्पर्शी गीत ‘लाहुरेको दशैं तिहार’ले रुवायो दर्शक
-
गायक राजन भुजेलले ल्याए पञ्चेबाजा गीत म जन्मेको ठाउँ: भिडियोमा सफल र हर्षिता