नेपाली संगीत क्षेत्रमा नयाँ स्वाद बोकेको गीत ‘एकै बित्ताको दूरी’ सार्वजनिक भएको छ । सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जाल र युट्युबमा सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ ।
गीतमा गायक बसन्त थापा र गायिका मेलिना राईको स्वर रहेको छ । प्रेम, दूरी र भावनात्मक सम्बन्धको कथामा आधारित गीतले श्रोताको मन छोएको प्रतिक्रिया प्राप्त भइरहेको छ ।
गीतका शब्द प्रल्हाद सुवेदी ले लेख्नुभएको हो भने संगीत बसन्त थापाले तयार गर्नुभएको हो । संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गर्नुभएको छ ।
निर्देशक सुनिल क्षेत्री को निर्देशनमा तयार भएको भिडियोमा सुनिल क्षेत्री र गीता ढुंगाना को अभिनय देख्न सकिन्छ । आकर्षक दृश्य संयोजन र भावपूर्ण प्रस्तुतीका कारण भिडियोले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ ।
गीत पशुपति म्युजिक अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । छोटो समयमै गीतले दर्शक तथा श्रोतामाझ राम्रो चर्चा कमाउन सफल भएको निर्माण टिमले जनाएको छ ।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी