logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

भजन संस्कृतिको प्रवर्द्धनसहित बुढानिलकण्ठ उत्सव २०८३ कपन खरिबोटमा हुँदै

भजन संस्कृतिको प्रवर्द्धनसहित बुढानिलकण्ठ उत्सव २०८३ कपन खरिबोटमा हुँदै


  • शुक्रबार, जेष्ठ १५ २०८३
  • 2.3K
    SHARES

    काठमाडौँ: काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–१२ कपन खरिबोटमा भजन संस्कृतिको प्रवर्द्धनसहित बृहत् जनचेतनामूलक सांस्कृतिक कार्यक्रम तथा बुढानिलकण्ठ उत्सव २०८३ आयोजना हुने भएको छ।

    लोपोन्मुख लोक कला, संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको उक्त कार्यक्रम यहि जेठ १६ गते शनिबार त्रि-ज्योती माध्यमिक विद्यालयको प्राङ्गणमा हुने भएको हो। “जोगाऔँ सम्पदा, संस्कृति र सभ्यता” भन्ने मूल नारासहित कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

    बुढानिलकण्ठ नगरपालिकाको संरक्षकत्वमा हुने कार्यक्रममा वडा नं. १२ प्रवर्द्धकको रूपमा रहेको छ। कार्यक्रममा राष्ट्रिय स्तरका करिब दुई दर्जन कलाकारहरूको प्रस्तुति रहनेछ।

    त्यस्तै लागूऔषध दुरुपयोग, सर्ने–नसर्ने रोग, सामाजिक सञ्जालको दुरुपयोग, महिला हिंसा, लैङ्गिक हिंसा तथा सुर्तीजन्य पदार्थ नियन्त्रण लगायतका विषयमा आधारित एक घण्टाको सडक नाटक समेत प्रस्तुत गरिनेछ।

    कार्यक्रमका संयोजक तथा लोक दोहोरी गायक नवीन पौडेलका अनुसार संस्कृती, पर्यटन तथा सहकारी मन्त्रालय र पर्यटन कार्यालय काठमाडौंको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो।

    कार्यक्रममा खुमन अधिकारी, सुश्रीता जि. विश्व, नारायण खनाल, नवीन पौडेल, गीता भट्टराई, कविता खत्री, स्वीकृति पौडेल, फुट्टी शेर्पा, सुमित्रा कोइराला, आशा लामा, राधिका ढकाल, भीमसेन खतिवडा, सुमन थापा मगर, सिन्धुली कलाघर, राजेन्द्र गिरि (गुन्द्रुक साधेर), जादुगर श्रीदेवी देवकोटा लगायत कलाकारहरूको प्रस्तुति रहनेछ।

    त्यसैगरी बुढानिलकण्ठ नगरपालिका–१० र १२ भित्रका सरकारी तथा संस्थागत विद्यालयहरूको पनि सहयोग रहनेछ।

    कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन् भने वडा नं. १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराईले सबै वडाबासीलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्।

    स्वीकृति इभेन्ट म्यानेजमेन्टको आयोजनामा तथा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको सहआयोजनामा कार्यक्रम हुन लागेको हो। कार्यक्रममा स्थानीय लोक भजन, कला–संस्कृति संरक्षणसँगै नयाँ पुस्तालाई मौलिक संस्कृतिसँग जोड्ने उद्देश्य राखिएको छ।

    कार्यक्रमको अवसरमा संस्कृतिकर्मी, पर्यटनकर्मी, शिक्षासेवी, समाजसेवी तथा पत्रकारहरूलाई सम्मान समेत गरिने आयोजकले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page