logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

गोरखाकी चेली बबिता बनियाँ ‘जेरी’को नयाँ गीत सार्वजनिक, २० भन्दा बढी चर्चित कलाकारको स्वर

गोरखाकी चेली बबिता बनियाँ ‘जेरी’को नयाँ गीत सार्वजनिक, २० भन्दा बढी चर्चित कलाकारको स्वर


  • शनिबार, जेष्ठ १६ २०८३
  • 3K
    SHARES

     

    काठमाडौं । नेपाली लोक तथा दोहोरी संगीत क्षेत्रमा नयाँ स्वादसहितको गीत ‘मरेर लानु के छ र’ सार्वजनिक भएको छ । गोरखाकी चेली तथा चर्चित गायिका–सर्जक बबिता बनियाँ ‘जेरी’को शब्द तथा संगीत रहेको गीतलाई दर्शक तथा श्रोताले सकारात्मक प्रतिक्रिया दिन थालेका छन् । गीतको विशेषता भनेकै नेपाली लोकसंगीत क्षेत्रका २० भन्दा बढी चर्चित गायक–गायिकाको सामूहिक प्रस्तुति हो ।

    गीतमा बबिता बनियाँ ‘जेरी’, विजय बनियाँ, चिज गुरुङ, श्याम राना, बालचन्द्र बराल, सुमन परियार, रेजिना परियार प्रितम पोखरेल, मिन विश्वकर्मा, सीताराम परियार, एसके सुनदास, सविता परियार, जेपी रेग्मी, प्रभु राज पाण्डे, सीमा थापा, भीमा कार्की, देवी थापा, प्रदीप रोका, प्रदीप बराइली, मीना बुढाथोकी, टेकराज भण्डारी, सागर बीसी तथा सरस्वती गुरुङलगायत कलाकारको स्वर रहेको छ ।

    गीतले जीवनको यथार्थ, मानवीय सम्बन्ध र सद्कर्मको महत्वलाई उठान गरेको छ । भौतिक सम्पत्तिभन्दा मानवीय व्यवहार र सम्बन्ध नै ठूलो हुने सन्देश गीतमार्फत दिन खोजिएको बबिता बनियाँ ‘जेरी’ ले जनाएकी छिन् ।

    गीतको संगीत संयोजन तथा मिक्सिङ–मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन् । प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको गीतमा गोविन्द अनेक रेकर्डिस्ट रहेका छन् । गीतको भिडियो निर्देशन मदन खड्काले गरेका छन् भने छायांकन दुर्गा पौडेलको रहेको छ । भिडियो सम्पादन नविन घर्ती मगरले गरेका हुन् ।

    ‘Babita Baniya Jeri Official’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शकको ध्यान तान्न सफल भएको छ । नेपाली लोकसंगीतमा सामूहिक स्वरको प्रयोग कमै हुने अवस्थामा यो गीत फरक शैली र सशक्त सन्देशका कारण चर्चामा आउने अपेक्षा गरिएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page