logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

चिजा तामाङ र सञ्जय गुरुङको ‘गोरखाको राजा’ सार्वजनिक

चिजा तामाङ र सञ्जय गुरुङको ‘गोरखाको राजा’ सार्वजनिक


  • शनिबार, जेष्ठ १६ २०८३
  • 8.2K
    SHARES

    काठमाडौँ । चिजा तामाङ र सञ्जय गुरुङको संयुक्त प्रस्तुति रहेको लोकदोहोरी गीत ‘गोरखाको राजा’ सार्वजनिक भएको छ।

    केही दिनअघि चिजा तामाङ अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत हाल दर्शक–श्रोतामाझ लोकप्रिय बन्दै गएको छ। प्रेमी–प्रेमिकाबीचको माया–प्रेमलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको गीतले प्रेमकथालाई आधार बनाएको छ।

    “म त हजुर गोरखाको राजा तिमीलाई नली जाँदिन म आज” र “मेरो हजुर गोरखाको राजा हजुरसँगै जानियो म आज” जस्ता बोल समेटिएको गीतमा प्रेमिल भाव व्यक्त गरिएको छ।

    गीतमा सञ्जय गुरुङ र दीपिका बयाम्बुको सुमधुर स्वर रहेको छ भने शब्द सञ्जय गुरुङकै रहेको छ। सागर बिरहीको एरेन्ज रहेको गीतलाई कुमार राणाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्। मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा सुमन राणा र खुमन राणाको रेकर्डिङ रहेको छ।

    मौलिक लोकसंगीतको क्षेत्रमा पहिचान बनाउँदै आएका निर्देशक दीपकोके गुरुङको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियोमा सोनाम लामाको कोरियोग्राफी रहेको छ।

    भिडियोमा चिज गुरुङ र सुमित्रा गुरुङको अभिनय देख्न सकिन्छ। भिडियोको छायाङ्कन विजय लामाले गरेका हुन् भने सम्पादन पदम सुवेदीले गरेका छन्। गोरखाको सिरानचोक क्षेत्रका विभिन्न रमणीय प्राकृतिक तथा पर्यटकीय स्थलमा भिडियो छायाङ्कन गरिएको हो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page