काठमाडौं । नेपाली मौलिक गीत–संगीत तथा संस्कृतिको जगेर्ना र संरक्षण गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको झम्के रोधी क्लबको बृहत् चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदैछ ।
काठमाडौं महानगरपालिका–२६, मित्रनगरस्थित झम्के दोहोरी साँझले जेठ १३ गतेदेखि १७ गतेसम्म विविध सांगीतिक तथा सांस्कृतिक कार्यक्रमसहित वार्षिकोत्सव मनाइरहेको हो ।
वार्षिकोत्सवको उद्घाटन राष्ट्रिय लोकदोहोरी व्यवसायी सङ्घका अध्यक्ष दीपसागर थापा मगरले गरेका थिए । पाँच दिनसम्म सञ्चालन भएको कार्यक्रममा चर्चित लोकदोहोरी कलाकारहरूको विशेष प्रस्तुति रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा बसन्त थापा, कालिका रोका, अस्मिता डल्लाकोटी, प्रकाश पराजुली, सुमन थापा, आशा बिसी, रुया खड्का, अति खड्का, पूर्णिमा सुनार, संगीता बडुवाल, किरण बिसि, सिद्धार्थ आले मगर, चेतन गोतामे तथा विवेक धिताल लगायत कलाकारहरूले आफ्नो प्रस्तुति दिएका छन् ।
झम्के दोहोरी साँझमा नेपाली मौलिक कला, संस्कृति तथा गीत–संगीतलाई पारिवारिक वातावरणमा प्रस्तुत गरिँदै आएको छ । हाल उक्त दोहोरी साँझमा करिब ३० जना कलाकार आबद्ध रहेका छन् ।
आज हुने समापन समारोह नेपाल राष्ट्रिय लोक दोहोरी व्यवसायी संघका अध्यक्ष बिनोद श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न हुने आयोजकले जनाएको छ ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण