काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा विशेषगरी काठे क्षेत्र केन्द्रित लोक म्युजिक भिडियोहरूले नयाँ ऊर्जा थपिरहेका छन्। मौलिकपन, ग्रामीण कथा र आधुनिक प्रस्तुति मिसिँदा दर्शकको रुचि पनि बदलिँदै गएको छ। यसै क्रममा बरिष्ठ समाजसेवी रुपक लोहनीको प्रस्तुतिमा रहेको नयाँ गीत “डाँडैमा चल्यो बतास” जीएसआर अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।
परम्परागत नेपाली लोक शैलीमा आधारित यस गीतले गाउँघरको जीवनशैली, प्रेमको मिठास र ग्रामीण परिवेशलाई अत्यन्त सरल र आत्मीय ढंगले प्रस्तुत गरेको छ। “सोल्टी–सोल्टिनी” बीचको प्रेमपूर्ण संवाद, रोदी संस्कृति, पँधेरो, गोठालो, घाँस काट्ने दृश्य र वनजंगलजस्ता ग्रामीण जीवनका तत्वहरूलाई गीतमा जीवन्त रूपमा चित्रण गरिएको छ।
गीतमा दिनेश श्रेष्ठ र सारदा रसाइलीको सुमधुर स्वर रहेको छ भने शब्द रुपक लोहनीले लेखेका हुन् भने संगीत दिनेश श्रेष्ठले सृर्जना गरेका हुन्। नारायण दंगालको एरेन्ज, खडक बाजुरालीको मिक्स/मास्टर र सागर बाजुरालीको रेकर्डिङ रहेको गीत मालाश्री स्टुडियोमा तयार गरिएको हो।
सुनील क्षेत्रीले निर्देशन गरेको म्युजिक भिडियोमा आरुषि मगर, अस्मिता जुरेली र तिर्सना बराइलीको सशक्त र स्वाभाविक अभिनय देख्न सकिन्छ। प्राकृतिक लोकेसनको उत्कृष्ट प्रयोग, सन्तुलित सिनेम्याटोग्राफी र आकर्षक सम्पादनले भिडियोको प्रस्तुति अझ प्रभावशाली बनेको निर्माण पक्षले जनाएको छ।
निर्देशक सुनील क्षेत्रीका अनुसार “डाँडैमा चल्यो बतास”ले नेपाली लोक संस्कृति, प्रेम र ग्रामीण जीवनको भावनात्मक पक्षलाई उजागर गर्दै मौलिक संगीतको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्य राखेको छ।
गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण