logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

लोक गायक पशुपति शर्मा अमरदीप सापकोटाको कमेडी फिल्ममा मुख्य भूमिकामा अनुबन्ध, अभिनयमा औपचारिक डेब्यु गर्दै

लोक गायक पशुपति शर्मा अमरदीप सापकोटाको कमेडी फिल्ममा मुख्य भूमिकामा अनुबन्ध, अभिनयमा औपचारिक डेब्यु गर्दै


  • बुधबार, जेष्ठ २० २०८३
  • 4.4K
    SHARES

    काठमाडौं: लोकप्रिय लोक तथा दोहोरी गायक पशुपति शर्मा अब फिल्ममा मुख्य अभिनेताको रूपमा देखिने भएका छन्। निर्देशक अमरदीप सापकोटाको निर्देशनमा बन्न लागेको नयाँ कमेडी फिल्ममा उनलाई मुख्य भूमिकाका लागि अनुबन्ध गरिएको हो।

    निर्माण पक्षका अनुसार फिल्म कमेडी जनरामा निर्माण हुनेछ भने कथावस्तु तीन मुख्य पात्रको वरिपरि केन्द्रित रहनेछ। फिल्ममा पशुपतिसँगै थप दुई मुख्य अभिनेता रहनेछन् र तीन पात्रको कथा मुख्य रूपमा अघि बढ्ने बताइएको छ।

    शुरुमा फिल्ममा काम गर्न इच्छुक नभएका पशुपति शर्मा निर्माण टिमको निरन्तर प्रयासपछि अभिनयका लागि सहमत भएका हुन्। उनले भनेका छन्, “गीत–सङ्गीतमै रमाएर हिँडेको मान्छे भएकाले फिल्म मेरो लागि नयाँ अनुभव हो, सुरुमा दोधारमा थिएँ तर टिमको विश्वासपछि काम गर्न तयार भएँ। म आफ्नो तर्फबाट पूर्ण मेहनत गर्नेछु।”

    फिल्म रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुनेछ भने निर्माता रघुनाथ सापकोटा रहेका छन्। निर्माण पक्षका अनुसार अन्य कलाकारहरू क्रमशः अनुबन्ध गरिँदै जानेछन् र आगामी भदौदेखि छायांकन सुरु गर्ने तयारी भइरहेको छ।

    लोकगीत क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका पशुपति शर्माको यो पहिलो फिल्म अभिनय अनुभव हुनेछ। उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष समेत हुन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page