गोरखा — सिरानचोक गाउँपालिकाको जौबारी लाङ्दीमा जन्मिएका लोकदोहोरी सर्जक परशुराम थपलियाको नयाँ गीत “चल्याे बतास सरर गोरखाको डांडैमा” हालै सार्वजनिक भएको छ। सार्वजनिक भएसँगै गीतलाई दर्शक–श्रोताहरूले रुचाउन थालेका छन्।
यसअघि उनका “हाँस्दैउ बोल्दैउ”, “लेकैमा सल्लो” र “मेरो परान” लगायतका गीतहरू पनि निकै चर्चित बनेका थिए। नयाँ गीतमा चर्चित गायिका शान्तिश्री परियार र लोकप्रिय गायक चिज गुरुङ को स्वर रहेको छ भने लक्ष्मी गुरुङ र मनोज गुरुङको अभिनय देख्न सकिन्छ।
गोरखा जिल्लाका विभिन्न ऐतिहासिक तथा पर्यटकीय स्थलहरूमा छायांकन गरिएको यस गीतको निर्देशन निर्देशक दिप गुरुङले गरेका हुन्। गीतको शब्द तथा लय स्वयं परशुराम थपलियाकै रहेको छ।
लामो समयदेखि सांगीतिक क्षेत्रमा संघर्षरत थपलियाले सुरुवाती दिनहरूमा सुगम संगीततर्फ पनि विभिन्न गीतहरू सिर्जना गरेका थिए। उनका “आँधीसरि तिम्रो माया”, “घरबारे रैछौ मायालु” र “बदनाम भएँ म तिम्रै कारणले” जस्ता गीतहरूले पनि राम्रो चर्चा पाएका थिए।
थपलियाले आफ्ना गीतहरू हेरेर, सुनेर साथ र समर्थन गरिदिन सम्पूर्ण दर्शक–श्रोतासमक्ष आग्रह गरेका छन्।
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
सन्तोष परियारको दशैंको मर्मस्पर्शी गीत ‘लाहुरेको दशैं तिहार’ले रुवायो दर्शक
-
गायक राजन भुजेलले ल्याए पञ्चेबाजा गीत म जन्मेको ठाउँ: भिडियोमा सफल र हर्षिता