logo

बुधबार, साउन १३ २०८३

kantipurpationlinetv

२०८३ साउन १३ बुधबार

गायक प्रकाश कटुवालको नयाँ गीत ‘जर्सी गाईको दूध’ सार्वजनिक

गायक प्रकाश कटुवालको नयाँ गीत ‘जर्सी गाईको दूध’ सार्वजनिक


  • आइतबार, साउन ४ २०८२
  • 21.2K
    SHARES

    काठमाडौ । चर्चित तथा लोकप्रिय गायक तथा सर्जक प्रकाश कटुवालको नयाँ गीत सार्वजनिक भएको छ। उनले आफ्नै शब्द तथा संगीतमा “जर्सी गाईको दूध” बोलको गीत सार्वजनिक गरेका हुन्।

    रमाइलो भाव र सामाजिक सन्देशलाई समेटिएको उक्त गीतमा आरके मिलनको संगीत संयोजन छ। गायक कटुवाललाई गायनमा गायिका समिक्षा अधिकारीले साथ दिएकी छिन्।

    गीतको म्युजिक भिडीयोमा नृत्य निर्देशन तथा निर्देशन चर्चित कोरियोग्राफर शंकर बीसीले गरेका छन्। शंकर बीसी स्वयं र मोडल रिया खड्काले गितमा अभिनय गरेको छन् ।

    नविन घर्ती मगरले सम्पादन गरेको भिडियो छायांकन राजेश घिमिरेले गरेका हुन्। गीतलाई स्मृति म्युजिक प्रालिले बजारमा ल्याएको हो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page