काठमाडौं, साउन ४ — नेपाली मौलिक लोकसंगीतमा आधारित नयाँ गीत ‘एक काँधे गोरु’ सार्वजनिक गरिएको छ। गायक कृष्ण केसी र गायिका सुनिला गुरुङको स्वरमा सजिएको गीतले ग्रामीण भेगको जीवनशैली, मेहनत र सामाजिक भावनालाई चित्रण गरेको छ।
गीतको शब्द नाकुल ढकालले लेखेका हुन् भने संगीत कृष्ण केसीकै रहेको छ। साथै, गीतको संगीत संयोजन (एरेन्ज) पनि कृष्ण केसीले नै गरेका हुन्। ओजोन स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिस्ट रोजित महर्जन हुन् भने मिक्सिङ विनोद परियारले गरेका छन्।
भिडियोमा कलाकार कृष्ण केसी, जुना गुरुङ र रबि कार्कीको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन सुरेश श्रेष्ठले गरेका हुन् भने सम्पादन अमृत चापागाईंले गरेका छन्। भिडियोको कथा एकिन्द्र सराशंकरले लेखेका हुन्। श्रृंगार संयोजन अनिमेष गुरुङको रहेको छ भने निर्माण व्यवस्थापकको भूमिकामा महादेव राउत रहेका छन्।
गीतमा नेपाली गाउँघरको वास्तविकता, श्रमशीलता र प्रेमलाई जीवन्त ढंगले प्रस्तुत गरिएको छ। भिडियो हेर्ने दर्शकले गीतलाई सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।
🎬 हेर्नुहोस् ‘एक काँधे गोरु’ गीतको भिडियो:
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण