गोरखा: बारपाक सुलिकोट गाउँपालिकाले एसईई २०८१ मा ४.०० जिपिए हासिल गर्ने सूर्यज्योति माध्यमिक विद्यालयका विद्यार्थी अनुपम श्रेष्ठलाई नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ। सोही विद्यालयका ३.६ जिपिए ल्याउने विद्यार्थी सुजल थापालाई १५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको छ।
गाउँपालिकाले उत्कृष्ट विषयगत शिक्षकहरूलाई पनि सम्मानपत्र, दोसल्ला र जनही ५ हजार रुपैयाँ प्रदान गरेको छ। एसईई २०८१ मा गाउँपालिकाबाट २९४ विद्यार्थी सहभागी भएकामध्ये ६२ प्रतिशत उत्तीर्ण भएका छन्।
शिक्षा क्षेत्रको समीक्षा तथा सम्मान कार्यक्रममा शिक्षा सुधारका लागि अझै प्रयास आवश्यक रहेको सुझाव दिइएको थियो। कार्यक्रम गाउँपालिका अध्यक्ष विष्णु भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने